लामो समयदेखि अबरुद्ध एक्स-रे सेवा पुनः चालु
इन्सेक अनलाइनलगायत विभिन्न सञ्चार माध्याममा एक्स-रे सेवा अवरुद्ध हुँदा बिरामी मर्कामा परेको समाचार प्रकाशन र प्रशारण भएपछि जिल्ला अस्पताल बैतडीले नयाँ एक्स-रे मेसिन ल्याएको छ । ०७३ कात्तिक ६ गते इन्सेक अनलाइनमा लामो समयसम्म एक्स-रे मेसिन नबनाउँदा बिरामी मारमा शीर्षकको समाचार प्रकाशन भएको थियो ।
विगत दुई महिनादेखि अबरुद्ध जिल्ला अस्पताल बैतडीको एक्स-रे सेवा पुनः चालु भएको छ । विगत २५ वर्षपुरानो एक्स-रे मेसिन फेरेर कात्तिक १९ गतेदेखि नयाँ एक्स-रे मेसिनबाट सेवा चालु गरिएको हो ।
पुरानो एक्स-रे मेसिनमा खराबी आएपछि विगत दुई महिनादेखि जिल्ला अस्पतालमा एक्स-रे सेवा प्रभावित बनेको थियो ।
एक्स-रेका लागि जिल्ला अस्पतालमा आएका बिरामीहरू महङ्गोमा भारतको पिथौरागढमा उपचार गराउन बाध्य भएका थिए ।
'पाँच दिन अघि बाँया गोडामा चोट लाग्यो । आर्थिक अभावले बाहिर जान सकिनँ । आज एक्स-रे सेवा सुचारु भयो भन्ने सुनेर एक्स-रे गर्न आएको हुँ ।' दशरथचन्द नपा-२ मडलाकी इश्वरी पन्तले भनिन् ।
पहिले एक्स-रे सेवा प्रभावित हुदाँ दैनिक १० देखि १५ जनासम्म बिरामीहरू भारतको पिथौरागढ जाने गर्दथे तर कात्तिक १९ गते सेवा सुचारु भएकै दुई घण्टा भित्र १० जना भन्दा बढीले सेवा लिइसकेको जिल्ला अस्पताल बैतडीले जनायो ।
'पुरानो एक्स-रे मेसिन पटक-पटक बिग्रने समस्या भएकाले यसपालि नयाँ मेसिन ल्याएका हौँ ।'- जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी भुवनदेव जोशिले भने ।
अब हाडजोर्नि र एक्स-रे कै असुविधाका कारण बिरामीहरू भारतसम्म जानु नपर्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।
नरी बडु
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…
छुवाछुत तथा जातीय भेदभावविरुद्धको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गरः आयोग
समाजमा कायम रहेको जातीय विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन सबै राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिकहरुलाई समेत राष्ट्रिय मानव आयोगले अनुरोध गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव…
अनेरास्ववियु (क्रान्तिकारी) का कार्यकर्ताद्वारा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का कार्यकर्ताहरुले ०८१ चैत ८ गते चौतारा बहुमुखी क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड गरेको छ । स्ववियु निर्वाचनका दिन चैत ५ गते एमाले सम्वद्ध अनेरास्ववियु…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ सेलाङ कुन्याउका २० वर्षीय रामकृष्ण विश्वकर्मालाई ०८१ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन…