लाठी प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरूद्ध उजुरी

छत्रेश्वरी गाँउपालिका-४ की २८ वर्षीया शारदा बिकलाई ३० वर्षीय पति केशबहादुर बिकले लाठी प्रहार गरी घाइते बनाएको आरोपमा वैशाख ५ गते इलाका प्रहरी कार्यालय लुहाममा पीडित पक्षले उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले वैशाख ५ गते कुटपिट गरी घाइते बनाएको पीडित शारदाले आरोप लगाइन् ।

साथै आफूलाई न्याय दिलाई दिन उनले प्रहरी समक्ष अनुरोध समेत गरेकी छन् । पत्नीलाई लाठी प्रहार गरि घाइते बनाएपछि आरोपित फरार रहेको इलाका प्रहरी कार्यालय लुहामका इञ्चार्ज लक्षमण डाँगीले बताए । पीडित महिलाको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको छ ।


मिना बुढाथोकी