लाङटाङ स्वास्थ्य चौकीमा औषधि अभाव
गोसाइकुण्ड गाउँपालिका–४ को लाङटाङ स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् ।
यहाँ आउने स्वदेशी पर्यटकहरू स्वास्स–प्रस्वास, जीउदुख्ने, छाती दुख्ने समस्याले बिरामी भएर स्वास्थ्य चौकीमा पुग्दा औषधि सकिएको भन्दै स्वास्थ्यकर्मीले फिर्ता पठाएको इन्सेक प्रतिनिधिसँग फागुन २९ गते लाक्पा तामाङले बताउनुभयो ।
सरकारले स्वास्थ्य संस्थाबाट ३५ प्रकारका औषधि निःशुल्क प्रदान गर्ने भने पनि गाउँमा औषधि अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन् ।
नजिकै सामान्य औषधि पाउने ठाउँ पनि छैन दुई दिन लगाएर स्याफ्रुबेशी पुग्नुपर्ने बाध्यता रहेको गुनासो सेवाग्राहीको गुनासो रहेको छ ।
सरकारले प्रदान गर्ने निःशुल्क औषधि भन्दा भिन्न औषधि हाइअल्टिच्युटको समस्याको औषधि माग हुने भएकोले औषधि प्रदान गर्न नसकेको लाङटाङ स्वास्थ्यचौकीका इन्चार्ज खुम्बु बोहोराले बताउनुभयो ।
बोकेर ल्याउनुपर्ने हुनाले औषधि ढुवानी गर्न समस्या भएको तथा केही औषधिहरू सकिएकोले गाउँपालिकामा माग गरी पाएको बोहोराले जानकारी दिनु भयो ।
गोसाइकुण्ड गाउँपालिका स्वास्थ्य शाखा बिमल घिमिरेका अनुसार सरकारले निःशुल्क प्रदान गर्ने केही अत्यावश्यक औषधिहरू अभावको हुन नदिन गाउँपालिका लागिपरेको बताउनुभयो ।
औषधि अभाव हुन नदिने भौगोलिक कठिननाइले केही ढिलाइ भने हुने गरेको उहाँले स्वीकार्नु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…