लाङटाङ राष्ट्रिय निकुन्ज प्रमुखलाई मार्ने धम्की
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख वरिष्ठ संरक्षण अधिकृत अणनाथ बराललाई नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाली कांग्रेस क्षेत्रीय सभापतिलगायतको टोलिले ०८० वैशाख १४ गते २४ घण्टा भित्र जिल्ला नछाडे मार्ने धम्की दिएको पीडितले इन्सेक प्रतिनिधिलाई बताउनु भएको छ ।
६०/७० जनाको समूहमा रहेको टोलीले कार्यालय हाता भित्र प्रवेश गरेर कार्यालयको टेबुल तथा कुर्सी समेत तोडफोड गरेको थियो ।
नेवि संघको जिल्ला सचिव बताउने सुन्दर अधिकारीले मोवाइलबाट फोन गरी २४ घण्टाभित्र जिल्ला नछाडे मर्ने धम्की दिएको निकुञ्ज प्रमुख बरालले बताउनु भयो ।
सदरमुकाम धुन्चेमा रहेको निकुञ्ज कार्यालयमा तोडफोट गरी नेपाली कांग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी समक्ष मागपत्र पेस गरेका थिए।
माग पत्रमा निकुञ्ज प्रमुखले आफूखुसी वातावरणीय प्रभाव मूल्याङ्कन गरेको, पालिकाहरूसँग समन्वय नगरेको, मध्यवर्ती कोषको रकम मनलाग्दी ढङ्गले खर्च गरेको, मनलाग्दी कर्मचारी भर्ना गरिएकोलगायतको विषयमा आपत्ति जनाइएको छ ।
माग राखेको र दुवै पक्षलाई राखेर समन्वय गर्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालले बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…