लाङटाङवासीको एकै आवाज–‘सरकार खोइ कहाँ छ ?’
‘विभिन्न किसिमका घोषणा गर्ने र नागरिलाई आश्वस्त पार्ने बाहेक सरकारले क गरेको छ र ? यहाँ न गाविसको कार्यालय छ, न सरकारी निकायको स्वास्थ्य निकाय नै !’–लाङटाङका स्थानीयहरूको प्रतिक्रिया हो यो । ‘राज्यका विभिन्न निकायका संरचनासमेत नभएको लाङटाङमा स्थानीयबासीले सरकार विहीनता कहिलेसम्म भोग्नु पर्ने हो ?’–स्थानीय डोल्मा तामाङले प्रश्न गरिन् ।
नागरिकले राज्यबाट सुरक्षा, स्वास्थ्य, शिक्षाको सेवा अनुभूति गर्न पाउनु पर्ने हो । अझ विनाशकारी भूकम्प पछि त गुमेको आवासको पुनर्निर्माणको कुरा छ । सुरक्षित आवासको अधिकार कसरी पाइन्छ र अधिकार नपाए कहाँ गएर गुनासो गर्ने भन्ने थाहा नभएको तामाङले गुनासो गरिन् ।
‘सरकारी प्राविधिक पनि आन्दोलनमा लागे कसले आवास निर्माणको अनुमगन गर्ने ?’–स्थानीयको गुनासो छ । पुनर्स्थापना तथा पुनर्निर्माणका कुरा धेरै उठे पनि निकासका लागि सरकारी पक्षबाट खासै पहल नभएको उनीहरूको आरोप छ ।
एकै ठाउँमा पुरै बस्ती क्षति भएको लाङटाङमा नजिकैको स्थान छनौट गरेर पुनर्निमाणका लागि स्थानीबासी कसिएका छन् । यस किसिमके कामले क्यान्जिङ पुरानै अवस्थामा आएको छ भने लाङटाङ पनि उठ्दै गरेको प्रष्टै हुन्छ ।
यस अघि यहाँ गाविस, स्वास्थ्य चौकी, प्रहरी तथा सैनिक पोष्ट रहेको थियो । भूकम्पमा सुरक्षाकर्मीहरूको मृत्यु भयो भने चेक पोष्ट र ब्यारेक पनि भत्कियो । त्यसयता अहिलेसम्म यहाँ कुनै निकायको उपस्थिति छैन ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…