जिल्ला कारागारमा अनियमितता भएको कैदीबन्दीको आरोप
लमजुङ जिल्लाको करागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले आरोप लगाएका छन् । कारागारमा आन्तरिक प्रशासनको जिम्मेवारी पाएकाहरूबाटै कैदीबन्दीले उपभोग गर्ने सामानको बजार मूल्यभन्दा बढी रकम लिने, खाना पकाएको पैसा असुल्ने जस्ता गतिविधि हुने गरेको पीडित कैदीबन्दीको आरोप छ ।
तरकारीजन्य सामान खरिद, औषधि उपचारमा जस्ता कुरामा समेत अनियमितता र मनोमानी हुने उनीहरूको गुनासो छ । कारागारमा तरकारी पकाउँदा ८० रुपियाँदेखि १ सय रुपियाँ तिर्नुपर्ने, मासु पकाउँदा १ सय रुपियाँ दिनुपर्ने र पैसाबाहेक प्याज, टमाटर छुट्टै किन्नुपर्ने, कैदीबन्दीले पाउने सिदा रकम दैनिक ८० रुपियाँ र सात सय ग्राम चामलमा समेत अनियमिता हुने गरेको गुनासो कैदीबन्दीको छ ।
हाल कारागारमा १ सय १३ जना कैदीबन्दी छन् । उक्त सङ्ख्या अनुसार दैनिक ९ हजार ४० रुपियाँ सिदा रकम र करिब ८० केजी चामल उपलब्ध हुने गरेको छ । यस हिसाबले मासिक २ लाख ७१ हजार २ सय रुपियाँ सिदा रकम र २४ क्विन्टल चामल उपलब्ध हुने गरेको छ । तर, त्यसको पारदर्शिता नभएको पीडित कैदीबन्दीले बताए ।
कैदी विष्णु गिरी थापा र अशोक दवाडीले यस विषयमा खुलेरै केही कुरा पनि बताउनु भएन । कारागारबाट कैद भुक्तान गरेर निस्किएकाहरूले भने उक्त आरोपमा सत्यता भएको बताएका छन् ।
कारागारमा केही वर्षअघि चौकीदार र हाल नाइके रहनुभएका शम्भुलाल श्रेष्ठले तरकारी र खानाको जिम्मा लिँदै आउनुभएको छ । उहाँले भने कुनै किसिमको अनियमितता नगरेको बताउनु भयो ।
उहाँले पहिलो पटक आएका कैदीबन्दीबाट आन्तरिक कोषका लागि ५ सय रुपियाँ उठाउने गरेको र सो रकम दिन नसक्ने वा नदिनेलाई दुई हप्तासम्म जुठो भाँडा माझ्न, शौचालय सफा गर्न लगाएको भने स्वीकार्नु भयो ।
चौकीदार खुसीराम मगरातीले आफू साउनबाट मात्र चौकीदार रहेकाले केही अनियमितता नगरेको बताउनुभयो । आफू चौकीदार भएपछि मूल्यवृद्धि नगरी सरकारले तोकेको मूल्यमा सामान उपलब्ध गराउन, कुनै कैदीबन्दीलाई हातपात नगर्न नाइके लगायतलाई भन्ने गरेको बताउनु भयो ।
कारागार प्रशासनले यस विषयमा गम्भीर अनुसन्धान गरी कैदीबन्दीहरु माथि हुने शोषण, दमन नियन्त्रण गर्नुपर्ने कारागारबाट कैद भुक्तान गरी निस्किएका कैदीबन्दीहरुको भनाइ छ । कारागारभित्र कैदीबन्दीले खुलेर समस्या राख्न नसक्ने भएकाले सो समस्याबारे कसैलाई भन्न नसक्दा सो कारागारमा अनियमितता हुँदै आएको कुरा केही महिनाअघि मात्रै कारागारबाट छुट्नुभएका रोशन तामाङले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले यस विषयमा हालसम्म केही जानकारी नभएको बताउनु भयो । “त्यहाँ शङ्का गर्न सकिन्छ, प्रमाण त छैन । साँच्चिकै नियम हुनुपर्छ, सिस्टमभन्दा बाहिर जान मिल्दैन तर जेलभित्र उनीहरूको पनि छुट्टै शासन हुन्छ ।”-प्रजिअ गुरुङले भन्नु भयो-“ठुला कारागारमा पनि यस्तो शासन हुन्छ तर त्यहाँ केही अनियमिततालगायत समस्या भएको छ भने हेर्छु, यसमा मेरो ध्यान गएको छ ।”
कारागारकी निमित्त जेलर सुमिता मरासिनीले कारागारका यो विषयमा केही थाहा नपाएको र भर्खर मात्रै जानकारी पाएको हुँदा छानबिन गर्ने बताउनु भयो ।
सुमित्रा भुजेल
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…