लमजुङ कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, दैनिकी कष्टकर
बेसीशहरस्थित जिल्ला कारागार भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कैदीबन्दीको दैनिकी कष्टकर बनेको छ ।
३५ जना क्षमताको कारागारमा झण्डै तेब्बरको सङ्ख्यामा कैदीबन्दी राखिएपछि उनीहरूको दैनिकी कष्टकर बनेको हो ।
अहिले कारागारमा विभिन्न १९ प्रकृतिका कसुरमा ४३ जना कैदी र ५९ जना थुनुवा (बन्दी) रहेका जेलर ताराबहादुर तामाङले जानकारी दिनुभएको छ ।
३९ जना पुरुष र चार जना महिला गरी ४३ जना कैदी र ५७ जना पुरुष र दुई जना महिला गरी ५९ जना थुनुवा रहेका छन् ।
०२८ सालमा निर्माण गरिएको उक्त कारागार भवन २०७२ सालको भूकम्पले क्षति पु¥याएको छ ।
साँघुरो ठाउँ त्यसमा पनि भूकम्पले जीर्ण भएको भवन भएका कारण वर्षाको समयमा भवन नै भत्केर दुर्घटना हुने जोखिम रहेको जेलर तामाङले बताउनु भयो ।
ठूलो र अग्लो पर्खालले घेरिएको ठाउँ, भित्र स–साना अँध्यारा कोठाहरू अनि कोठामा अटाइ–नअटाइ खाटहरू, खाटमुनि पनि प्लाष्टिकका म्याट बिच्छ्याएर ओछ्यान लगाइएको छ ।
जाडोमा त जसोतसो समायोजन हुन्छ तर गर्मीमा मान्छेमान्छेको तापले सुत्नै नसकिने सास्ती त छँदै छ त्यसमाथि पनि उडुसको टोकाइले रातभर सुत्न नपाइने सडक दुर्घटनासम्बन्धी सजाय भोगिरहेका मनोज मरहठ्ठाले बताउनु भयो ।
१ सयभन्दा बढीका लागि कारागारमा तीन ओटा मात्रै शौचालय रहेका छन् । जसले गर्दा बिहान सबेरैदेखि लाइन बस्नु पर्ने बाध्यता त छँदैछ त्यसमा पनि शौचालयबाट निस्कने दुर्गन्ध सुत्ने ठाउँसम्म फैलन्छ ।
त्यस्तै दुई ओटा मात्र स्नान कक्ष भएका कारण सरसफाईमा पनि उतिकै समस्या रहेको छ ।
प्रमोद अधिकारी
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
साउन ३१ गते ३ सय ९९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ८ सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४…
भाइ बुहारीमाथि एसिड प्रहार गरेको घटनाका आरोपित गिरफ्तार
भाइ बुहारीमाथि एसिड प्रहार गर्ने दार्मा गाउँपालिका–३ चम्पुटाकुरा निवासी ५० वर्षीय बेचे रावतलाई जिल्ला प्रहरी कार्यालय, सल्यानले साउन ३१ गते गिरफ्तार गरेको छ । ४९ वर्षीय भिम बहादुर रावत, उनकी…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
सुनवल नगरपालिका– ५, हर्दियाचापी निवासी २८ वर्षीया ममता खड्काको हत्या प्रयास गरेको आरोपमा प्रहरीले पीडितका देवर ३२ वर्षीय विशाल खड्कालाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन…
आठ वर्षसम्म विद्यालय भवन पूर्णनिर्माण हुन नसकेपछि विद्यार्थीहरु चुहिने छाँनोमूनि अध्ययन गर्न बाध्य
बुढिनन्दा नगरपालिका–२ स्थित जनप्रकाश माविको १५ कोठे भवन निर्माण सम्पन्न हुन नसकी आठ वर्षदेखि अलपत्र भएपछि विद्यार्थीहरु पुरानो चुहिने भवनको छाँनोमूनि बसेर अध्ययन गर्न बाध्य भएका छन् । भारतीय दुताबासको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ बर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका–३ धकधईका ३२ बर्षीय पन्नालाल रौनियारलाई साउन २९ गते बुटवलबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितहरू पन्नालाल र १९ वर्षीय बानर…