लगातार विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित
सीमाङकनको विवादमा दैलेख इलाका नं. ७ का तीन गाविसका राजनीतिक दलहरूले गरेको बन्दको कारण जिल्लाका करिब ४० विद्यालयको पठनपाठन एक सातादेखि प्रभावित भएको छ । बन्दको क्रममा कालभैरव, गौरी र मालिका गाविसको कार्यालय समेत मङ्सिर २ गतेदेखि बन्द भएका छन् ।
गमौडी गाविस समेतलाई समावेश गरी ज्वालामालिका गाउँपालिका बनाइनुपर्ने माग राखेर स्थानीयबासी आन्दोलित भएका हुन् ।
यसैबिच इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारले मङ्सिर ७ गते कालभैरवका दिपेन्द्र आधारभूत विद्यालय र ज्वाला माविका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालय प्रशासनका कर्मचारी, विद्यार्थी, अभिभावक र आन्दोलनकारी समेतको उपस्थितिमा विद्यालय खुलाउने सन्दर्भमा छलफल चलाएका छन् । उनले विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयनसम्बन्धी छलफल चलाइएको बताएका छन् । छलफलमा सहभागी आन्दोलनकारीले विद्यालयमा नियमित पठनपाठनको विषयमा सकारात्मक टिप्पणी गरेका थिए भने विद्यार्थीले अबिलम्ब विद्यालय खोल्न आग्रह गरेका थिए ।
आन्दोलनकारीले आफ्नो माग पूरा नहुँदासम्म मङ्सिर ८ गतेदेखि जिल्ला सदरमुकाममा शक्ति प्रदर्शन गर्ने जनाएका छन् ।
इन्सेक मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा पाँच वर्ष र ६ वर्ष कैद सजायको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको गर्भाकोट नगरपालिका-९ की ४६ वर्षीया चन्द्रा वलीलाई पाँच वर्ष कैद सजाय र रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका-३ का ५०…
खुकुरी प्रहार गरी पत्नीको हत्या, आरोपित पति गिरफ्तार
अन्नपूर्ण गाउँपालिका घर भई पोखरा महानगरपालिका बस्दै आएकी ४० वर्षीया राधिका कुँवरलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति जहरसिंह कुँवरलाई भदौ २६ गते गिरफ्तार गरेको छ…
इन्सेक मधेस प्रदेशद्वारा बलात्कार घटनाको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयले १८ वर्षीया बालिकामाथि भएको बलात्कार घटनाको अनुगमन ०८१ भदौ २४ गते गरेको छ । घटनाको अनुगमन इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानको…
एकीकृत गुठी ऐन तत्काल बनाउन किसानको माग ! (फोटो फिचर)
दाङका स्वर्गद्वारी गुठीपीडित किसानले तत्काल एकीकृत गुठी विधेयक संसदमा दर्ता गरी कानुन बनाउन सरकारसँग माग गरेका छन् । तीन पुस्तादेखि जोगभोग गर्दै आएको जग्गामाथिको अधिकार किसानले पाउन नसकेको भन्दै गुठीपीडित…
पत्निको हत्या आरोपमा पति गिरफ्तार
निजगढ नगरपालिका-९ भमरा टोलकी ३८ वर्षीया लक्ष्मी राईलाई ४२ वर्षीय पति बिमल बस्नेतले ०८१ भदौ २५ गते घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालयले सोही दिन गिरफ्तार…