लगातारको बन्दले जनजीवन कष्टकर
मङ्सिर १४ गते देखि गरिएको लगातारको बन्दका कारण गुल्मीबासीको जनजीवन कष्टकर बनेको छ । बन्दका कारण सरकारी कार्यालयका सेवाहरू प्रभावित हुनुका साथै गरिखाने वर्गका मानिसलाई निकै सास्ती भएको छ ।
व्यापार घाटा भएपनि राष्ट्रियता जोखिममा परेकाले महिनौ व्यावसाय बन्द गर्नु परेपनि पछि नहट्ने उद्योग वाणिज्य सङ्घका महासचिव तारा भुसालले बताए ।
आन्दोलन सुरु गरेको १३ औँ दिन सदरमुकाम तम्घासमा भएको विशाल आमसभालाई एमाले नेता प्रदिप ज्ञवाली, काङ्ग्रेस नेता चन्द्र भण्डारी, एमाले सांसद कमला विश्वकर्मालगायतले सम्बोधन गरेका थिए ।
सदरमुकाममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै एमाले नेता ज्ञवालीले जस्तोसुकै मुल्य चुकाएर भएपनि ५ नं प्रदेश टुक्र्याउन नदिने बताए । त्यस्तै काङ्ग्रेस नेता चन्द्र भण्डारीले आफुहरू मधेशको विरोधी नभएर राष्ट्रियता जोगाउने सवालमा आन्दोलनमा रहेको बताए । सरकारले यहाँका नागरिकलाई घुँडा टेकाउने सोचमा रहेको भए आफैले घुँडा टेक्नुपर्ने अवस्था आउने उनको भनाइ रहेको थियो ।
सरकारले संसदमा दर्ता गरको संशोधन प्रस्तावको विरोधमा आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरूले हिजो मानव साङलो बनाएर सरकारी कार्यालय घेराउ गरेका थिए । हिजै साँझ उनीहरूले सदरमुकामदेखि रिडी बजारसम्म ४५ किलोमिटर राँके जुलुस निकालेका थिए ।
टोपलाल अर्याल
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)
असार १७ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७ सय २९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय आफन्तलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असार १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले आफन्तको सहयोगमा…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित कुशे गाउँपालिका–५ दमदालाका २८ वर्षीय मायाराम नेपालीलाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ । बालिका कोठामा एक्लै सुतेको अवस्थामा असार १३ गते…
प्रदेश सरकार र वादी समुदायबिचको सहमति कार्यान्वयनका लागि पाँच सदस्यीय कार्यदल गठन
गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य लगायतका माग राख्दै करिव डेढ वर्ष अघि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि १८ दिनसम्म लगातार धर्ना दिएका वादी समुदाय र प्रदेश सरकारबीच भएको सहमति कार्यान्वयका…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बसबरीया गाउँपालिका–६ सोहरवाका २३ वर्षीय भिखारी राय यादवलाई असार १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १४ गते बलात्कार गरेको…