लक्ष्मी हत्याको विषयलाई लिएर सिडिअाेलाई ज्ञापनपत्र
सानो वाङ्थली गाविस-७ की ३२ वर्षीया लक्ष्मी परियारलाई पोलमा बाँधेर अभक्ष खुवाएको भन्ने विषयलाई लिएर पुस १ गते जिल्लामा कार्यरत सङ्घसंस्थाले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन-पत्र बुझाएका छन् ।
वाङ्थली घटनाको निष्पक्ष छानबिनको माग गर्दै बुझाइएको ज्ञापन-पत्रमा कुनै जातीय संस्था वा अधिकारका नाममा अपराधमा संलग्न व्यक्तिलाई जोगाउने र सिकाउने काम नगरियोस् भनिएको छ । प्रहरीले कसैको दबाव वा प्रभावमा परेर घटनाको निश्पक्ष अनुसन्धानमा गल्ती नगर्न र घटनाहरूमा संलग्न सबैलाई कानुन अनुसार कारबाही गर्न माग गरिएको छ ।
ज्ञापनपत्रमा भनिएको छ-'बनेपाबाट ६७ किलोमिटरको दुरीमा रहेको लक्ष्मीको घरभन्दा ५ सय मिटर दुरीमा रहेको रामबहादुर उप्रेतीको गोठमा मङ्सिर २४ गते लक्ष्मी परियार मृत अवस्थामा फेला परेको भन्ने छ । शिक्षण अस्पताल काठमाडौँमा मङसिर ३० गते गरिएको लासको पोष्टमार्टममा संलग्न डाक्टरहरूले टाउकोदेखि पैतालासम्म एकनासको कुटाईका कारण लक्ष्मीको मृत्यु भएको र पोष्टमार्टम गर्न ढिलाई गरेको बताएका छन् ।' घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग र इन्सेक लगायतका संस्थाहरूले स्थलगत अध्ययन गरेको ज्ञापन-पत्रमा उल्लेख छ ।
मृतकको भाइ लोकबहादुर परियारले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा (दर्ता नम्बर ११२/८-२६) कर्तव्य ज्यान शीर्षकमा जाहेरी दिएका छन् । घटनाको अनुसन्धानका लागि मृतकका पति मिलन परियार र उनको एकदमै मिल्ने साथी हिरा लामालगायत चार जना प्रहरी हिरासतमा छन् । यस घटना सम्बन्धमा मङ्सिर २१ गते आरोपितले प्रहरीमा दिएको ठाडो उजुरी परिवर्तन गर्ने प्रहरी चौकी चौबासका असई पनि परिवर्तन भएका छन् ।
सन् २०१६ मा मात्र काभ्रेमा परिबारबाट ६ जना महिलाको हत्या भएको छ । पनौती नपा-१३ की २८ वर्षीया सम्झना थापालाई उनकै पतिद्वारा टाउकोमा बन्चरो र हसिँया प्रहार गरी हत्या गरेको आरोप छ । माझिफेदा गाविस-८ की ५० वर्षीया सुकरानी तामाङलाई फलामको बन्चरोले टाउकोमा प्रहार गरी हत्या गरियो । माझिफेदा गाविस-१ मा नाङ्गो पारेर कुटपिट गरी मारिएको अवस्थामा मिनाकुमारीको लास फेला परेको थियो । उग्रचण्डी नाला-४ भुलेगाँउकी ३६ वर्षीया विष्णुमाया तोलाङ्गेलाई उनकै पतिले टाउकोमा बन्चरो प्रहार गरी हत्या गरे । कतै यो घटना पनि परिवारको मिलोमतोमा हत्या गरेर भाग्नेक्रममा उप्रेतीको प्रयोगविहीन गोठमा पुग्दा मृत्यु भएको वा परिवारले योजनाबद्ध रूपमा मारेर त्यहाँ लगेर राखिएको त हैन ? भन्ने आशंका पैदा भएको ज्ञापन-पत्रमा उल्लेख छ ।
भोजराज तिमल्सिना
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…