लक्षित वर्गले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता अझै पाएनन्
पञ्चकन्या गाउँपालिका वडा नं. २ का ज्येष्ठ नागरिक, अपाङ्रगता भएका, एकल महिला तथा दलित बालबालिकाले एक वर्ष अघिकाे सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् ।
उक्त वडाका ३ सय १४ जना ज्येष्ठ नागरिक, ४७ जना ज्येष्ठ दलित, ७६ जना एकल महिला, ७७ जना विधवा, १२ जना क वर्गको अपाङ्रगता भएकाहरू, १७ जना ख वर्गका अपाङ्रगता भएकाहरू, ८४ जना दलित बालबालिकाले गत आर्थिक वर्ष २०७७÷७८ को दोस्रो चौमासिक (मंसिर–पुस–माघ–फागुन) को सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित भएका हुन् ।
वितरणको लागि सदुरमुकामको बैंकबाट ल्याएर वडा कार्यालयमा राखिएको सामाजिक सुरक्षा भत्ताको ५० लाख रुपैयाँ र करवापत वडाले संकलन गरेको तीन लाख रुपैयाँ गरी ५३ लाख रुपैयाँ वडा कार्यालय फोडेर २०७७ चैत २४ गते राती चोरी भएको कारण उक्त अवधिको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानकारी दिनुभयो ।
चार महिनाको सामाजिक सुरक्षावापतको रकम दिनको लागि पालिकाले आफ्नो स्रोतबाट नसकेकोले उक्त रकम नआएसम्म भत्ता दिन नसकिने पञ्चकन्या गाउँपालिकाले जनाएको छ ।
चोरी भएको एक वर्ष बितिसक्दा पनि दोषी पत्ता लगाउन सकेको छैन ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले तत्कालिन वडा सचिव सरिता रावत, कार्यालय सहायक रामकुमार गिरी र कार्यालय सहयोगी नीलप्रसाद मिश्रलाई गिरफ्तार गरेर अनुसन्धान गरेको थियो ।
जिल्ला अदालतले आरोपितहरूलाई तारेखमा छाडेको छ ।
यो मुद्दा जिल्ला अदालतमा विचाराधीन रहेको छ भने अख्तियार दुरुपयोग अनुषन्धान आयोगले पनि विशेष अदालतमा मुद्दा दर्ता गराएको छ ।
उक्त चौमासिकभन्दा पछिका सबै भत्ताहरू नियमित रुपमा वितरण भईरहेको वडासचिव विष्णुमणि घिमिरेले जानकारी दिनुभयो ।
नवदीप श्रेष्ठ
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…