लक्षित वर्गको रकमबाट महिनावारी भएका महिलाले नुहाउने धारा निर्माण
कनकासुन्दरी गाउँपालिका-२ साविकको मालिकाबोता गाविसले लक्षित वर्गको रकम महिलाको 'छुई' नुहाउने धारा निर्माणमा खर्च गरेको छ । साविकको तीन ओटा वडामा छुई नुहाउने धारा निर्माणमा खर्च भएको स्थानीयले बताएका छन् ।
साविकको मालिकाबोता गाविस-२, ३ र ६ मा छुई नुहाउने धारा निर्माण भएको स्वास्थ्य चौकीका अहेव जानदेवि बुढाले बताइन् । जुम्लामा छाउपडी न्यूनीकरणका अभियान चलिरहेको भएपनि मालिकाबोतामा छुट्टै छुई नुहाउने धारा निर्माण हुनु लजास्पद भएको उनको भनाइ छ ।
साविकका मालिकाबोता गाविसका सचिव अम्मरराज गिरीले लक्षित वर्गको रकम अन्तर्गत महिलाको रकम छुई नुहाउने धारा निर्माणमा खर्च भएको बताए । चालु आर्थिक वर्षमा महिलाको शीर्षकमा छुट्याइएको रकमबाट तीन ओटा वडामा छुई नुहाउने धारा निर्माणमा खर्च भएको उनले बताए ।
साविकको मालिकाबोता गाविसका राजनीतिक दल र बुद्धिजीविको रोहबरमा महिला छई भएको बेला नुहाउने धारा निर्माण गरिएको उनको भनाइ छ ।
साविकको वडा नम्बर २ मा १ लाख २५ हजार, वडा नम्बर ३ मा ५० हजार र वडा नम्बर ६ मा १ लाख ६५ हजार रुपियाँको लागतमा छुई नुहाउने धारा निर्माण गरिएको सचिव गिरीले जानकारी दिए । गतवर्ष वडा नम्बर १ मा २० हजार रुपियाँको लागतमा छुई नुहाउने धारा निर्माण गरिएको उनको भनाइ छ ।
'लक्षित वर्गको रकम अन्तर्गत महिलाको नाममा आएको रकम सशक्तिकरणमा खर्च गरौँ भनेको हुँ । गाविसका स्थानीयले नमानेपछि छुई नुहाउने धारा निर्माण गर्नुपर्यो ।'-सचिव गिरीले भने । अहिले छाउपडी प्रथा न्यूनीककरणको अभियान चलिरहेको समयमा यस्तो कार्य गर्नु राम्रो नहुने भनेको तर स्थानीय स्तरमा सुनुवाइ नभएको सचिव गिरीको भनाइ छ ।
गाउँबासीको मागका आधारमा छुई नुहाउने धारा निर्माण गरिएको सचिव गिरीले बताए । बहुमतले गरेको निर्णय गाविसले पालना गर्नुपर्ने बाध्यता भएको सचिव गिरीको भनाइ छ ।
मानदत्त रावल
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…