लक्षित वर्गका लागि छुट्याइएको बजेट अन्यत्रै खर्च
लक्षित वर्गको नाममा आउने विनियोजित बजेट सम्पूर्ण रूपमा खर्च हुन नसकी फ्रिज हुने र खर्च भएको बजेट समेत दुरुपयोग हुँदै आएको सरोकारवालाले आरोप लगाएका छन् ।
जिल्ला विकास समिति सप्तरीमा लक्षित वर्गको २ करोड ५० लाख रुपियाँमध्ये १ करोड ५५ लाख ५४ हजार मात्र खर्च भएको जिविसका अधिकृत गङ्गाराम साहले बताए ।
लक्षित वर्गको कार्यक्रम अन्तर्गत अधिकांश रकम जनचेतना कार्यक्रमका लागि भनेर निकटका गैरसरकारी संस्थाहरूमा बाँडिने र असारको अन्त्यमा कागजी प्रकृया पुर्याएर कार्यक्रमहरू सम्पन्न गरी बजेट दुरुपयोग हुने गरेको नेपाल पत्रकार महासङ्घ सप्तरीका पूर्व सभापति बैद्यनाथ झाले आरोप लगाए ।
आर्थिक वर्ष २०७२/०७३ मा रौतहट गाविसको विकासीय बजेटसहित कूल बजेट ११ लाख रुपियाँ वडा नम्बर १ देखि ७ सम्म खर्च भएको रौतहट गाविसका प्राविधिक सहायक विष्णुदेव यादवले बताए ।
उनका अनुसार आर्थिक वर्ष २०७१/०७२ मा समेत महिला, दलित, बालबालिकालगायत लक्षित वर्गको बजेट विद्युतीकरणमा खर्चियो । बैरवा गाविसमा आर्थिक वर्ष २०७२/०७३ मा आएको लक्षित वर्गको बजेट चर्पी निर्माण तथा खानेपानीमा खर्च गरिएको छ । महिलाको नाममा आएको बजेट महिलामै खर्चिने भनी स्वयम्सेविकाको प्रोत्साहन भत्ता तथा पोशाक वितरणमा खर्चिदैँ आएको छ ।
महिला, बालबालिकाका लागि आएको मौवाहा गाविसको बजेट विगत पाँच वर्षदेखि स्थानीय विद्यालयको शिक्षकको तलबमा खर्च हुने गरेको छ । रामनगर गाविसका सरोकारवालालाई लक्षित वर्गका लागि आएको बजेटबारे थाहा नै नभएको प्रतिक्रिया दिएका छन् । लक्षित वर्गको रकम जानकारी नदिई अन्यत्र खर्च हुने परिपाटी रहेको जनचेतना दलित सङ्गमका सहजकर्ता ईन्द्रप्रसाद रामले बताए ।
बजेट दुरुपयोग भएको प्रशस्त गुनासो आउने गरेको स्वीकार गर्दै जिविस सप्तरीका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादवले विगतमा भएका कमजोरीहरू सुधार्न आवश्यक गृहकार्य भइरहेको बताए ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार
सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । बडीमालिका नगरपालिका–२ एमालेबाट…
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…