लकडाउनको अवधिमा दोलखामा ३० जनाको शल्यक्रिया

  ०७६ वैशाख ३ गते

कोरोना सङक्रमणको कारण अस्पतालहरूमा बिरामीहरूले उपचार नपाएको गुनासो बढेसँगै दोलखामा भने लकडाउनको अवधिमा ३० जनाको शल्यक्रिया गरिएको छ ।

दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित प्रस्तावित चरिकोट अस्पतालमा चैत ११  गतेदेखी २७ गतेसम्मको अवधिमा अस्पताल आएका बिरामी मध्ये ३० जनाको शल्यक्रिया गरिएको अस्पतालका मेडिकल निर्देशक डा. बिनोद दंगालले जानकारी दिनुभयो ।

न्याय हेल्थ नेपालद्वारा सञ्चालित सो अस्पतालमा उपचारका लागि आएका बिरामी मध्य ६ ओटा प्रसूति, हाडजोर्नी तथा पेटसम्बन्धी समस्याको १२/१२ ओटा शल्यक्रिया गरिएको डा. दंगालले बताउनु भयो । अस्पताले सो अवधिमा प्लास्टर लगाउने, टाँका लगाउने जस्ता १ सय ५० जनाको उपचार समेत गरेको छ । लकडाउनका कारण अस्पतालको ओपीडी सेवा बन्द रहे पनि उपचारका लागि आउनेहरूको अस्पतालले आकस्मिक सेवामार्फत उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।


उद्वव पाेखरेल