र्यापिड टेस्टमार्फत कोरोना सङ्क्रमणको परीक्षण सुरूआत
कोरोना भाइरस (कोभिड– १९) को रोकथामका लागि प्रदेश १,सरकारले सुरूआत गरेको र्यापिड डाइनोष्टिक टेस्ट चैत २९ गतेदेखि पाँचथरमा सुरू भएको छ ।
प्राविधिक टोली आईपुगेपछि चैत २९ गतेदेखि इलाम र पाँचथरको फाल्गुनन्द गाउँपालिकाको सीमानामा अवस्थित राँकेबजारबाट टेस्ट सुरू भएको हो ।
पहिलो दिन विदेशबाट आएका सात जना र स्थानीय एक जना गरी आठ जनाको परीक्षण गरिएकोमा सबैजनाको रिपोर्ट नेगेटिभ आएको फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले बताउनु भयो ।
यो अभियान जिल्लाका अन्य स्थानीय तहमा समेत क्रमशः बढाइने जिल्ला समन्व समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले बताउनुभयो । विदेशबाट चैत १ गतेयता जिल्लामा आएकाहरूको र्यापिड टेस्टमार्फत कोरोना सङ्क्रमणको परीक्षण भएको हो ।
विराटनगरबाट तीन जना र जिल्लामा एक गरी चार जना प्राविधिक समूहले परीक्षणको काम गरेको छ । प्राविधिक समूहले क्वारेन्टाइनमा पुगेर परीक्षण थालेको छ । २० मिनेटमा नजिता देखाउने २ सय ओटा किट लिएर आएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
जिल्लामा आठओटै स्थानीय तहले २ सय ४ ओटा क्वारेन्टाइन स्थापना गरेका छन् । अहिले जिल्लामा क्वारेन्टाइनमा ६० जना विदेशबाट आएकाहरू छन् । थप आठ जना क्वारेन्टाइनमा बसेर घर फर्किएका छन् ।
मङ्गल बेघा
सम्बन्धित समाचारहरू
इन्सेकद्वारा बाल सुधार गृहको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटमा रहेको बाल सुधार गृहको माघ १३ गते अनुगमन गरेको छ । गण्डकी प्रदेश कार्यालयका संयोजक शिव खकुरेलको नेतृत्वमा प्रलेख…
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्त नगरेको भन्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका प्रतिनिधि सभा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको सांसद पद ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कपिलवस्तु बाणगंगा नपा–१० ओदारीका १९वर्षीय मनोज चौधरी र तिलोत्तमा नपा–१० सुपौलीका कुलबहादुर थापालाई माघ १० गते घरबाट गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुबीभ्याली गाउँपालिका-६ का ४६ वर्षीय आफ्नै बुवालाई प्रहरीले ०७९ माघ १२ गते गिरफ्तार गरेको छ । पीडित सुतेकै अवस्थामा नीलकण्ठ नगरपालिका-१२ साङकोष अस्थाई घरमा…
पीडित महिलालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान
कथित बोक्सी आरोपमा कुटिएकी सिद्धलेक गाउँपालिका–२ बिसटारी की ४७ वर्षीया हिरादेवी सिलवाललाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०७९ माघ १३ गते सहयोग नगद उपलब्ध गराएको छ । इन्सेकको पीडित…