रोल्पा कारागारमा मृत्यु प्रकरणः इन्सेक सम्मिलित अधिकारकर्मीको टोलीले थाल्यो अध्ययन
रोल्पा कारागारमा शंकाष्पद मृत्यु भएका नेपालगञ्ज उप–महानगरपालिका–२ का सुन्दर हरिजन घटनाको तथ्य संकलनकालागि इन्सेक सम्मिलित अधिकारकर्मीहरूको टोलीले जेठ १८ गते रोल्पा पुगेर अध्ययन थालेको छ ।
टोलीमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतम, नेपालगञ्ज उच्च अदालत बार एशोसिएशन मानव अधिकार तथा जनसरोकार समितिका संयोजक झबिन्द्रप्रसाद पौडेल रहेका छन् ।
टोलीले रोल्पा कारागार, प्रहरी र प्रशासन प्रमुखसँग भेटी घटनाको सत्य तथ्य बुझ्ने इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले बताउनु भयो ।
यस अघि अनुगमन टोलीले पीडित परिवार, बाँके कारागार, प्रशासनसँग घटनाबारे जानकारी लिइ सकेको एडभोकेसी फोरमका बसन्त गौतमले बताउनु भयो ।
चोरी मुद्दामा रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको ०७९ जेठ ४ गते शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेपछि उनको मृत्युको घटना शंकाष्पद बनेको छ ।
चोरी मुद्दाको पुर्पक्षकालागि कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम रिहा हुनु पर्नेमा उनको नामबाट हातहतियार तथा खरखजाना मुद्दाका बिजय बिक्रम शाह रिहा भएका र कैद भुक्तान गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई परिवारजनले आशंकाकोरुपमा लिएका छन् ।
अनुगमन टोलीले अध्ययन पछि प्रतिवेदन सार्वजनिक गर्ने अधिकारकर्मीहरूद्वारा जेठ १७ गते प्रकाशित विज्ञप्ती मार्फत जनाएको छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…