रोल्पा कारागारमा कैदीको मृत्यु प्रकरण, मृतक सुर्खेतका शाह नभइ बाँकेका हरिजनको भएको खुलासा
रोल्पा कारगारमा जेठ ४ गते झुण्डिएको अवस्थामा मृत भेटिएका भनिएका सुर्खेत जिल्ला बराहताल गाउँपालिका– १ घोडाआँखेका २७ वर्षीय बिजयविक्रम शाह नभइ बाँके जिल्ला नेपालगञ्ज उपमनपा–२ का सुन्दर हरिजन भएको खुलेको छ ।
प्रहरीले घटनाका बारेमा शाहकी आमालाई सुनाउदा आफ्नो छोरा केही महिना अघि नै कारागारबाट छुटेको र पत्नीलाई लिएर गएको जानकारी दिनु भएको भयो । शवको फोटो पठाउदा आफ्नो छोराको नभएको बताएपछि घटनाले नयाँ मोड लिएको हो ।
सुन्दर हरिजनको परिवारलाई बोलाएर सनाखत गराएपछि मात्र मृतक कैदी फरक नाममा कारागारमा रहेको पत्ता लागेको थियो ।
जिल्ला अदालत बाँकेले सुन्दर हरिजनलाई ३ महिना कैद र ५० हजार रूपियाँ जरिवाना सुनाएको थियो । ५ वर्ष कैद र ५० हजार रूपियाँ जरिवाना तोकिएका शाहको कैद नेपालगञ्जका हरिजनले भुक्तान गर्दै आएका भन्ने अनुमान गरिएको रोल्पा कारागार जेलर यामलाल वलीले बताउनु भयो ।
उनीहरू ०७७ मङ्सिर ८ गते बाँके कारागारबाट एकै दिन एउटै पत्रबाट सरुवा भएर रोल्पा कारागारमा आएको जेलर वलीले बताउनु भयो ।
रोल्पा कारागरमा आउँदा विजयविक्रमलाई बोलाउदा म हो भनेर सुन्दर हरिजन बोलेको र सुन्दर हरिजनको नाममा विजयविक्रम शाह बोलेकाले त्यहि पहिचानमा हालसम्म रोल्पा कारागारमा बसेको वलीले बताउनु भयो ।
सुन्दर हरिजन र विजय विक्रमको कुनै पनि परिचय खुल्ने कागजातहरू नगरिकताको फोटोकपि , फोटो र हुलिया समेत आफूहरू सँग नभएकाले उतैबाट साटिने योजना बनाएर आएको हुनसक्ने वलीको भनाई रहेको छ ।
उक्त घटनाको अनुसन्धानको लागी छानविन समिति गठन गरिएको छ र उक्त समितिले अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । हालसम्म छानविन समितिले कुनैपनि बिवरण नदिएको जेलर वलीले बताउनुभयो ।
विजय विक्रम शाहलाई अपराधीक लाभ मुद्दाको लागी बाके जिल्ला अदालतले ०७६ असार ३० गते मुद्दा चलाएको थियो । शाहलाई अदालतले ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिमाना फैसला सुनाएको थियो ।
उक्त घटनाको छानविनका लागि १० दिन भित्र प्रतिवेदन बुझाउने गरी जेठ ६ गते कारागार व्यवस्था विभागका निर्देशक झपेन्द्र चापागाईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।
तिलक घर्ती मगर
सम्बन्धित समाचारहरू
घरेलु हिंसा पीडित महिलाद्वारा इन्सेकको सहयोगमा मुद्दा दर्ता
घरेलु हिंसा पीडित कपिलवस्तु नगरपालिका–६ गोबरी घर भई हाल कपिलवस्तु नगरपालिका –११ माइती घरमा बस्दै आएकी २० वर्षीया छायाँ बरीले इन्सेकको सहयोगमा जिल्ला अदालतमा असार २१ गते मुद्दा दर्ता गराउनु…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २३ गते)
असार २३ गते ६० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८० हजार ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ३…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
१३ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित पक्षले बराहक्षेत्र नगरपालिका–१ का १९ वर्षीय जयकुमार राईविरूद्ध असार २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटीमा उजुरी दिएको छ…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले फिदिम नगरपालिका–९ का २२ वर्षीय कृष्ण राइलाई १२ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश योगेन्द्रप्रसाद शाहको असार २१ गतेको इजलासले…
कर्णालीका ५५ प्रतिशत बालबालिकामा कुपोषण
नेपालको संविधानको धारा ३८ र धारा ३९ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावले जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हकको अधिकार भएको उल्लेख गरिए पनि कर्णालीमा गरिबीकै कारण ज्यान गएको पाइन्छ ।…