रोल्पा कारगारमा कैदी मृत्यु प्रकरण– अनुसन्धान अभियोजनदेखि कारगार प्रशासनबाट गम्भीर लापरवाही भएको निष्कर्ष
रोल्पा कारगारमा मृत्यु भएका सुन्दर हरिजन घटनाका सम्बन्धमा अनुसन्धान, अभियोजनदेखि कारगार प्रशासनको गम्भीर लापरवाही गरेको निष्कर्षसहित अध्ययन प्रतिवेदन सार्बजनिक गरेको छ ।
इन्सेक, एडभोकसी फोरम, उच्च अदालत बार एशोसिएशन, नेपालगञ्ज एफडब्लुएलडिद्वारा स्थलगत अनुगमन पश्चात जेठ २४ गते पत्रकार भेटघाट कार्यक्रम मार्फत प्रतिवेदन सार्बजनिक गरिएको छ ।
अपराध अनुसन्धान र अभियोजन गर्ने निकायसमेतको लापरवाहीका कारण हरिजनको मृत्यु भएको अध्ययन प्रतिवेदनले देखाएको छ ।
अपराध अनुसन्धान गर्ने निकाय, अभियोजनकर्ता, प्रतिरक्षि कानुन व्यवशायी र अदालत, नाबालक जोडिएको बिषयमा बाल न्याय प्रति संबेदनसील नभएको । पक्राउ परिसकेपछि उमेर खुल्ने प्रमाण पेश गर्नुपर्ने कानुनी ब्यवस्था रहेको र अदालतमा सुन्दर हरिजनले बयान गर्दा १७ वर्ष भनी आफ्नो उमेर बताएको अवस्थामा पनि त्यस उपर एकिन गरिएको नपाइएको ।
अध्ययन प्रतिवेदनमा कैदी/बन्दी एकले पाएको सजाय अर्कोले भोग्ने गरि कैदी पुर्जि र व्यक्तिसमेत साटिएको, पहिले नै थुनामुक्त हुनपर्ने कैदीको अस्वाभाविक मृत्यु भएको घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरि दोषि उपर कानुन बमोजिम आवश्यक कारवाही र मृतक परिवारलाई उचित क्षतिपुर्तिको माग अध्ययन टोलीले गरेको छ ।
रोल्पा कारागारमा रहेका सुन्दर हरिजनको ०७९ जेठ ४ गते शौचालय भित्र झुण्डिएको अवस्थामा फेला परेपछि हरिजन मृत्युको घटना शंकाष्पद बनेको थियो ।
चोरी मुद्दाको कारण पुर्पक्षका लागी कारागार चलान भएका सुन्दर हरिजन अदालतको फैसला बमोजिम छुट्न पर्नेमा हरिजनको नामबाट हातहतियार खरखजना मुद्दाका विजय बिक्रम शाह छुटेको र कैद भुक्तानी गरि पहिले छुट्नु पर्ने सुन्दर हरिजनको रोल्पा कारागारमा मृत्यु भएको घटनालाई परिवार लगायत अधिकारकर्मीहरूले आशंकाको रुपमा लिएका थिए । पछिल्लो समय सुन्दर हरिजन मृत्यु प्रकरण राष्ट्रियरुपमा चासो र चिन्ताको विषय बनेको छ ।
नेपालका कारागार भित्र श्रृखलाबद्ध रुपमा भइरहेको कैदी/बन्दीको अस्वाभाविक मृत्युका घटनाले कारागार व्यवस्थापन र फौजदारी न्याय प्रणालीमा ब्यापक सुधार हुनुपर्ने र यसमा नेपाल सरकारले ठोस कार्ययोजना निर्माण गरि कार्यान्वयन गर्न आवश्यक रहेको प्रतिवेदनले सुझाएको छ ।
यसैगरी, अभियोग दर्ता गराउने बेलामा नै अनिवार्य रुपमा अभियुक्तको पहिचान खुल्ने गरि जन्म मिति सहितको परिचय पत्र राख्नु पर्ने र यो व्यवस्था कारागारका कैदी/बन्दीको हकमा पनि व्यवस्थित रुपमा लागु गरिनु पर्ने ।
कारागार प्रशासनको निगरानी, नियमन र प्रत्यक्ष नियन्त्रणमा रहेका कैदी, बन्दी सुन्दर हरिजन र विजय विक्रम शाह, आफूहरुले एक आपसमा भोगिरहेको सजाय समेतलाई सट्टापट्टा गर्ने कार्य उनीहरूले चाहेर मात्र सम्भव नभएको जनाइएको छ ।
यस घटनामा मुख्य पात्रकारुपमा सुर्खेत निवासी विजय विक्रम शाह देखिएकाले निजको तदारुकताका साथ खोज तलास गरि, घटनाको सत्य तथ्य पत्ता लगाई दोषी देखिएकाहरू उपर कानुनी कारवाही गरिनु पर्दछ ।
रोल्पा घटना एउटा प्रतिनिधि मुलक घटना हो । यस्ता घटनाहरु अन्यत्र पनि घटेका वा घटिरहेका हुन सक्छन् यसतर्फ सरोकारवाला निकाय सजक र सतर्क हुन जरुरी छ ।
इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
असार १९ गते ३९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय १ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
ड्युटीमा रहेका प्रहरीलाई कुटपिट, आरोपितद्वय गिरफ्तार
अस्थायी प्रहरी पोष्ट चोरकाटेका प्रहरी हवल्दार ३४ वर्षीय अर्जुनबहादुर सेन र प्रहरी जवान २८ वर्षीय अनन्तबहादुर रोकालाई मादक पदार्थ सेवन गरेर ड्युटिमा नै रहेका बेला कुटपिट गरेको आरोपमा प्रहरीले सिरानचोक…
पातारासीको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जल अभाव
जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा जीवन जलको अभाव भएको छ । स्वास्थ्य चौकीमा एक महिनादेखि जीवन जल अभाव भएपछि समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हजुरबुवा नातापर्ने ८१ वर्षीय पुरुषलाई प्रहरीले ०७९ असार १८ गते गिरफ्तार गरेको छ । बालिकालाई ०७९ असार १६ गते घरमै बलात्कार गरेका भन्दै पीडितपक्षले…
जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !
हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य…