रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली

  ०८१ माघ २५ गते

भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार समस्याम परेको हो ।

खोतीयोग्य जमिन नहुँदा ज्यालामजदुरी गरी जीवन निर्वाह गरेका परिवार अभिभावक सम्पर्कविहिन भएपछि बिहान बेलुकाको छाक टार्न मुश्किल भएको छ । गाउँमा ज्यालामजुदरी नपाएपछि परिवार पालनपोषण गर्न चार छोरी र पत्नीलाई छोडेर तेस्रो मुलुक मलेशिया गएका टमटा सम्पर्कविहिन भएपछि परिवार चिन्तित भएका छन् । रोजगारीका लागि मलेशिया गएका पत्नी लामो समय घर नफर्किएपछि परिवारमा निराश छाएको छ ।

खेती लगाउने जमिन नहुँदा पत्नीको ज्यालामजदुरीबाट जिविकोपाजर्नन गरेका परिवारसग न सम्पर्क छ न रुपियाँ आउँछ केही नआउँदा छिमेकीको काम गरि विहान बेलुकाको छाक टार्ने गरेको पत्नी पानमती टमटाले बताउनु भयो । श्रम रोजगारी छैन जेठी छोरी यमुना टमटा शिव शङ्कर माध्यामि विद्यालयमा कक्षा एघार, अर्की छोरी मोती टमटा कक्षा ७ मा सोही विद्यालया पढ्नुहुन्छ । उनीहरूलाई शैक्षिक सामाग्री जुटाउन समस्या भएको बताउनु भयो ।

शिक्षाले सभ्य समाज निर्माण गर्ने भएकाले आफूले पढ्न नपाए पनि छोरीहरुलाई अर्काको काम गरेर भएपनी पढाउन थालेको बताउनु भयो । श्रम रोजगारीबाट जिविकोपार्जन गरेका परिवारलाई अभिभावक सम्पर्कविहिन हुँदा सन्नटा छाउने गरेको छ । लामो समय सम्पर्कविहिन भएका पति घरमा पुगेपछि खुसी हुने बताउनु भयो । पति सम्पर्कमा नआएपछि खेतीयोग्य जमिन नहुँदा छिमेकीको घरमा काम गर्नु परेको परेको छ ।


बासुदेव शर्मा