रोकिएको मतदान केन्द्रमा आज पुनः मतदान

कोटहीमाई गाउँपालिका-१ का माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मुराली मल्लाहको मृत्यु भएका कारण असार १४ गते रोकिएको निर्वाचन असार १६ गते शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन अधिकृत मनोज गैरेले जानकारी दिए ।

गैरेले लामो समयसम्म मतदानको अधिकार प्राप्त नहुँदा नागरिकहरू मतदानका लागि आतुर भएकाले उत्साहपूर्वक मतदानमा सहभागी भएको बताए । मतदाता तीन किलोमिटर हिँडेर र दुधेबालक बोकेर मतदानका लागि उत्साहपूर्वक आएका थिए ।


रिमा विसी