रोकिएको जयपृथ्वी नगरपालिका-३ मा आज मतदान
असार १४ गते काङ्ग्रेस र एमालेका कार्यकर्ताबिच झडप भएपछि स्थगित भएको जयपृथ्वी नगरपालिका-३ मा असार १६ गते मतदान भएको छ ।
अत्यन्तै कडा सुरक्षा व्यवस्थाकाबिच सुरु भएको मतदानमा मतदाताको सहभागिता भने उल्लेख्य रहेको छ । १ हजार ३ सय १४ मतदाता रहेको पाण्डु उच्च माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा दुई ओटा केन्द्र रहेका छन् ।
मतदानको सुरक्षा व्यवस्थाको अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी केशवबहादुर थापा, नेपाली सेनाका गुल्मपती राजेश सिंखडा, सशस्त्र प्रहरीकाका डिएसपी भिमबहादुर चन्दलगायतका सुरक्षा अधिकारीहरू मतदान स्थलमा पुगेका थिए ।
ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी मतदाता बाहेकका व्यक्तिहरूलाई मतदान स्थलमा प्रवेश निषेध गरिएको छ । मतदान गरिसकेका र हेर्न आएकाहरूलाई मतदानस्थल भन्दा करिव ३ सय मिटर टाढा राखिएको स्थानीय शान्तराज जोशीले बताएका छन् ।
यस मतदान स्थलमा १४ गते खटिएका मतदान अधिकृतहरू पनि परिर्वतन गरिएको छ । मतदान स्थलमा मोबाइल, क्यामरा लगायतका उपकरणको प्रयोगमा पनि बन्देज लगाइएको छ ।
प्रकाश बिक
सम्बन्धित समाचारहरू
निर्माणाधिन भवन सञ्चालनमा नल्याउदा विद्यार्थीहरु खोला किनारमा पढ्न बाध्य
०७७ कात्तिक ४ गते आएको बाढीले बगाएको विद्यालय भवन पुनर्निर्माण भइसक्दा समेत सञ्चालनमा नल्याउँदा पञ्चेश्वर गाउँपालिका–१ को गडदेव आधारभूत विद्यालयका विद्यार्थीहरु खोलाको किनारमा खुला आकाशमूनि पढ्न बाध्य भएका छन् ।…
कारागारबाट फरार बन्दी गिरफ्तार
मानव बेचबिखनको आरोपमा पुर्पक्षका लागि थुनामा रहेको बेलामा कारागारबाट भागेकी जुगल गाउँपालिका-५ स्थित बराम्ची स्थायी घर भएकी २५ वर्षीया कविता घिमिरेलाई प्रहरीले ०७९ माघ २४ गते काठमाडौँको जडिबुडिबाट गिरफ्तार गरेको छ ।…
न्याय सम्पादनमा ढिलाईका कारण २९ वर्ष सम्मका आरोपित बालसुधार गृहमा बस्न बाध्य
बाँके जिल्ला जिल्लाको जयन्दु बाल सुधार गृहमा रहेका बालबालिकाहरूको अदालतबाट न्याय सम्पादनमा ढिलाई भएका कारण २९ वर्ष सम्मका आरोपितहरू बाल सुधार गृहमा बस्न बाध्य छन् । जसका कारण बाल सुधार…
जनप्रतिनिधिले कुटपिट गरेको पीडितको आरोप
चौदण्डीगढी नगरपालिका-९ का २८ वर्षीय राकेश हुजदारलाई वडाध्यक्ष ४३ वर्षीय प्रकाश राउतले माघ २४ गते कुटपिट गरी दायाँ हात भाँचिदिएको आरोप पीडितले लगाउनु भएको छ । चौदण्डीगढी नगरपालिका-९ पश्चिम ज्यामिरेस्थित…
दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही प्रभावित
सिन्धुली अस्पतालमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवाग्राहीले पाउने पर्ने सेवा प्रभावित भएको छ । अस्पतालमा करिव दुई महिना देखि भिडियो एक्सरे सेवा बन्द भएको छ । जसका कारण सेवा…