रुबी खानलाई रिहा गर्न सर्वोच्चको आदेश

  ०७८ असोज २८ गते

सर्वोच्च अदालतले माइतीघर मण्डलाबाट असोज २२ गते गिरफ्तारीमा परेकी बाँकेकी अभियन्ता रुबी खानलाई रिहा गर्न असोज २८ गते आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।

बाँके नेवाजी गाउँकी नन्कुन्नी धोबी र परसपुर गाउँकी एकल महिला निर्मला कुर्मी बेपत्ता भएको अवस्थाबारे गम्भीर अनुसन्धानको माग गर्दै नेपालगञ्जबाट २० दिन पैदलै हिँडेर काठमाडौँ आएको रुबी खान नेतृत्वको टोलीले माइतिघर मण्डलामा असोज २२ गतेदेखि अनिश्चितकालिन रिले अनसन सुरु गरेको थियो ।

रुबीलाई प्रहरीले गिरफ्तार गरी नेपालगञ्ज पुर्‍याएको थियो । खानको नाममा जिल्ला अदालत बाँकेमा बहुविवाहको मुद्दा रहेको भन्दै प्रहरीले असोज २३ गते नेपालगञ्ज पठाएको थियो ।

त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले असोज २८ गते रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्ट्रारको जिम्मा लगाउन आदेश दिएको छ ।


अनलाइन डेस्क