रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थगित

  ०७९ मङ्सिर ९ गते

रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ ।  मतगणना मङ्सिर ९ गते बिहान साढे ५ वजेबाट स्थगित भएको छ ।

मतदान अधिकृत उदविर नेपालीका अनुसार बुटवल उपमहानपा– ११ वाणिज्य क्याम्पसको ड केन्द्रको मतगणना गर्ने क्रममा पुरूषको सङ्ख्या २ सय ४१ समानुपातिक मतसहित र महिलाको सङ्ख्या ३ सय ८८ सही सङ्ख्या मुचुल्कामा भएको र कम्प्युटरमा टाईप गर्दा ३ सय ३८ भएको विषयलाई लिएर विवाद भएका निर्वाचन अधिकृत नेपालीले बताउनु भयो ।

समाचार तयार पर्दासम्म मतगणना स्थगित भएको छ । गठबन्धनका कार्यकतर्ताले मतगणनालाई पुनः गरिनुपर्ने माग राखेका छन् । विवाद समाधानका लागि बैठक बसेपनि गठबन्धनका कार्यकर्ताले बैठक स्थलमा टेवुल पल्टाएर बुथ कब्जा गरेको आरोप लगाउदै बैठक हलबाट बाहिरिएका थिए ।

गठबन्धनका कार्यकर्ताले आफूलाई गाली गलौज  गरेको बताउनु भयो । गठबन्धनका नेता कार्यकर्ताले पुनः मतगणना नगरेसम्म निर्वाचन आयोगको निर्णय पनि नमान्ने बताएका छन् ।


रीमा बिसी