रुपन्देहीमा बम आतङ्क, नेकपा एमालेका उम्मेदवारको घरमा बम
स्थानीय तहको दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा रुपन्देहीमा उम्मेदवार र मतदाताहरूलाई तर्साउने खालका गतिविधिहरु बढ्न थालेका छन् ।
असार ४ गते मनोनयन दर्ता गरेपछिबाट नेकपा एमालेका उम्मेदवारहरूको घरमा बम तथा विस्फोटक पदार्थ राखी आतङ्कतिक बनाउने जस्ता गतिविधिहरु बढ्न थालेको प्रहरीले जनाएको छ ।
असार १० गते राति १० बजे सिद्धार्थनगर नगरपालिकाका एमाले उपमेयर उम्मेदवार उमा काफ्लेको घरमा बोतलमा पेट्रोल हालेर 'होक्स बम' जस्तो देखिने वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए । डिएसपी पाण्डेले यो एउटा अपराधिक मनोवृत्तिको 'प्रोपोगाण्डा' भएको भन्दै यस्ता कार्यमा संलग्नहरूको खोजी कार्य भइरहेको बताए ।
अहिलेसम्म तीन ओटा घटना एमालेका उम्मेदवारलाई लक्षित गरेर भएको प्रहरीको भनाइ छ । दुई दिन अघि मात्र ओमसतिया गाउँपालिकाका अध्यक्षका उम्मेदवार इन्द्रजीत यादवको घरको गेटमा समेत सुतली बम फेला परेको थियो । त्यसैगरी प्रचारमा हिँडेको एमाले टोलीलाई लक्षित गरी एमालेले प्रयोग गरेको गाडीमा पेट्रोल बम प्रहार गरिएको थियो ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…