रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील
रुपन्देहीका ७५ ओटा मतदानस्थल अति सम्वेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । सुरक्षा समितिले तयार पारेको विवरण अनुसार जिल्ला भरका २ सय ८ मतदानस्थलमध्ये ७५ ओटा अति सम्वेदनशील रहेका छन् ।
जिल्लामा ५ सय ९८ ओटा मतदान केन्द्र रहेका छन् । स्थानीय तहको निर्वाचनमा ५ सय ४३ मतदान केन्द्र रहेकोमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि मतदाता थपिएसँगै ५५ मतदान केन्द्र थप भएको हो ।
त्यस्तै जिल्लामा ४२ ओटा मतदान केन्द्र सम्वेदनशील रहेका छन् भने ९१ ओटा मतदानस्थल सामान्य रहेको सुरक्षा समितिले विश्लेषण गरेको छ ।
अति सम्वेदनशील र सम्वेदनशील मतदानस्थलमा सुरक्षा रणनीति मजबुद बनाइने सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए ।
जिल्लामा प्रतिनिधि सभाका लागि पाँच ओटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि १० ओटा निर्वाचन क्षेत्र तोकिएको र ५ लाख २२ हजार ६ सय २ मतदाता सङ्ख्या रहेको र निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले बताए ।
रीमा बि.सी.
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…