रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार २ सय २१ जनाले मतदान गरेको निर्वाचन अधिकृत कुमार मास्केले बताउनु भयो ।
निर्वाचन अधिकृत मास्केका अनुसार ७ सय ८३ पुरुष र ७ सय ४० महिला मतदाता रहेकोमा पुरुषतर्फ ५ सय ८० र महिलातर्फ ६ सय ४१ जना गरी १ हजार २ सय २१ जनाले मतदान गरेका छन् ।
मतदान केन्द्र ‘क’ मा ७ सय ५६ मतदाता रहेकोमा २ सय ६२ पुरुष र ३ सय ५७ महिला तथा मतदान केन्द्र ‘ख’ मा ७ सय ६७ मतदाता रहेकोमा ३ सय १८ पुरुष र २ सय ८४ महिलाले मतदान गरेका छन् ।
मतदानस्थलको सुरक्षाका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालित गरिएको थियो ।
उम्मेदवारहरूलाई आसपास उभिन र पर्यवेक्षकलाई मतदानस्थलमा प्रवेश गर्न निषेध गरिएको थियो । इन्सेक प्रतिनिधिले निर्वाचन अधिकृतसँग छलफल गरेपछि पर्यवेक्षक र पत्रकारहरूलाई मतदानस्थल भित्र प्रवेश गर्न दिइएको थियो ।
रुपनी गाउँपालिकाको १२ मतदानस्थलको २३ मतदान केन्द्रका मतपेटिकाहरू रुपनी गाउँपालिका कार्यालय भवनमा राखिएको र राति ८ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जम्मा ६ ओटा वडा रहेको रुपनी गाउँपालिकामा एक अन्यसहित ९ हजार ४ सय ८५ पुरुष र ८ हजार ६ सय ७९ महिला गरी १८ हजार १ सय ६५ मतदाता रहेकोमा १४ हजार ४ सय ७७ जनाले मतदान गरेका छन् ।
वैशाख ३० गते साँझ मतदानका विषयमा राजनीतिक दलका कार्यकर्ताबिच झडप भएपछि उत्पन्न असहज अवस्था नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाइ फायर गरेपछि मतदान सम्पन्न हुन नसकी निर्वाचन स्थगित भएको थियो ।
निर्वाचन आयोगका अनुसार स्थगन भएकोमध्ये रुपनीसहित देशका विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ ओटा मतदान केन्द्रमा जेठ २ गते पुनः निर्वाचन भएको छ ।
मनोहरकुमार पोखरेल
सम्बन्धित समाचारहरू
न्याय माग्दै २० वर्ष बित्यो, आरोपितको समेत पहिचान भएन
सशस्त्र द्वन्द्वको क्रममा माओवादी कार्यकर्ताबाट मारिएका कृष्णप्रसाद अधिकारीको परिवारले २० वर्षदेखि अनसनसमेत विभिन्न अभियान र आन्दोलनमार्फत खोजेको न्याय अझै पाउन सकेको छैन । कृष्णका बुबा नन्दप्रसादको ३३४ दिन अनसन बसेर…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ र १४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना बालकसहित पाँच जनालाई जेठ २२ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेहरूमा गढवा गाउँपालिका–६ का १८…
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा संशोधन दर्ता
प्रतिनिधिसभामा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी तेस्रो संशोधन) विधेयक, २०७९ मा २८ ओटा संशोधन प्रस्ताव दर्ता भएको छ । टीआरसी विधेयक कानुन, न्याय…
सर्वोच्च अदालतद्वारा रेशम चौधरीको आममाफीविरूद्धको मुद्दामा कारण देखाउ आदेश जारी
सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्ध परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ । टिकापुरमा भएको थरुहट आन्दोलनका क्रममा…
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
४८ वर्षीया भाउजुलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ४० वर्षीय एक देवरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको ०८० जेठ २३ गतेको इजलासले…