रुखविरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
नगर क्षेत्रभित्रका सडक छेउका रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत, विराटनगरले रतुवामाई नगरपालिकालाई अन्तरिम आदेश दिएको छ ।
उच्च अदालत, विराटनगरका न्यायाधीश ध्रुवराज नन्द र ममता खनालको ०८१ असोज १४ गतेको इजलासले रुख विरुवा काट्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
उच्च अदालत, विराटनगरका न्यायाधीश केशवप्रसाद बाँस्तोलाको ०८१ असोज ८ गतेको इजलासले रुखविरुवा काट्ने नगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
नगरपालिकाले मूल सडक र भित्री सडक क्षेत्रका रुखविरुवा काट्ने सूचना जारी गरेपछि अधिवक्ता लवन न्यौपाने र विनोदमणि भट्टराईले उच्च अदालत, विराटनगरमा ०८१ असोज ६ गते रिट दर्ता गराउनु भएको थियो ।
रतुवामाई नगरपालिकाका मेयर नागेश्वरप्रसाद सिंह गनगाईले ०८१ भदौ २८ गते सूचना प्रकाशित गरी रुखविरुवाले आवतजावतमा अवरोध गरेको भन्दै ०८१ असोज ३० गतेदेखि सडक छेउका रुखविरुवा काट्ने जानकारी गराउनु भएको थियो ।
अधिवक्ताले दर्ता गराएको रिटमा जनतासँगप्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारले विनाकुनै वातावरणीय अध्ययन तथा वातावरणीय प्रभाव मूल्याङ्कन र वैकल्पिक योजना र विनाकुनै प्रयोजन बोटविरुवा हटाउनका लागि थालिएको कार्यले संविधानको धारा ३० र ३५ मा उल्लेखित मौलिक हकको उल्लङ्घन भएको दाबी गरिएको थियो ।
विनोद सुवेदी
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…