रिपोर्टिङ्ग गर्न गएका पत्रकारमाथि कुटपिट तथा दुर्व्यवहार
यमुनामाई गाउँपालिका–५ सरवठा का हिमालय टेलिभिजन रौतहट संवाददाता २९ वर्षीय राकेश यादवलाई बृन्दावन नगरपालिका–१ रमौली बैरिया घाटमा शिवम क्रसर उद्योगमा रिपोर्टिङ्ग गर्ने क्रममा सोही उद्योगका कर्मचारीले कुटपिट तथा दुर्व्यवहार गरेका छन् ।
शिवम क्रसर उद्योगले मापदण्ड विपरीत खोला उत्खनन गर्नुका साथै वातावरण प्रदुशण गरेको स्थानीयको गुनासोको आधारमा भदौ ४ गते रिपोर्टिङ्ग गर्न क्रसर उद्योग पुगेका पत्रकार यादवमाथि सोही उद्योगका कर्मचारीहरूले दुर्व्यवहार तथा कुटपिट र क्यामेरा समेत फुटाइदिएको पीडित पत्रकार यादवले बताउनु भयो ।
कुटपिट घटनामा संलग्न क्रसर उद्योगका आरोपित कर्मचारीहरू महोतरी जिल्ला बर्दिबास नगरपालिका–१४ का ३६ वर्षीय राजदेव ठाकुर, सर्लाहीको बरहथवा नगरपालिका–१८ का ३८ वर्षीय महेश चौधरी, बृन्दावन नगरपालिका–४ का ४२ वर्षीय राधेश्याम यादवविरुद्ध पीडितले भदौ ४ गते इलाका प्रहरी कार्यालय गरुडामा दिएको उजुरीको आधारमा आरोपितहरूलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालयका डिएसपी ओमप्रकास खनालले बताउनु भयो । साथै कुटपिटबाट घाइते भएका पीडित पत्रकारको चन्द्रपुर स्थित सिमस अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।
पत्रकार यादवमाथी भएको कुटपिटको घटनाको नेपाल पत्रकार महासंघ रौतहट शाखा, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर लगायतले भदौ ४ र ५ गते प्रेस विज्ञप्ति जारी गरी घटनाको निन्दा एवं भर्त्सना गर्दै खेद प्रकट गरेको छ । साथै सोही विज्ञप्ति मार्फत दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।
धर्मदेव कुमार पासवान
सम्बन्धित समाचारहरू
कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको छः प्रमुख न्यायाधीश भट्टराई
प्रमुख अतिथि पुनरावेदन अदालत पाटनको हेटौँडा इजलासका प्रमुख न्यायाधीश यमुना भट्टराईले लैङ्गिक हिंसा र असमान कानुनलाई संशोधन गर्न न्यायपालिकाले ठूलो भूमिका खेलेको बताउनु भयो । उहाँले न्याय प्राप्तिको लागि मानव…
मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध छौँः कानुनमन्त्री भट्ट
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेश सरकारले निर्माण गरेको कानुनको कार्यान्वयन गरी मानव अधिकार संरक्षण, सम्बर्धन तथा मर्यादित बनाउन प्रतिबद्ध रहेको बताउनु भएको छ । ७५ औँ…
हत्या घटनाका आरोपित गिरफ्तार
इटहरी उपमहानगरपालिका-१२ की ५० वर्षीया भूमिकाकुमारी चौधरीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय गणेश चौधरीलाई मङ्सिर २४ गते गिरफ्तार गरेको छ । भूमिकाका छोरासँग गणेशको विवाद भएको र…
मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का
लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका…
दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति अध्यक्ष भुवनेश्वरी आर्चायलाई मङ्सिर २४…