राहत वितरणमा झेल भएको आरोपमा वडा कार्यालयमा तालाबन्दी
बाढी प्रभावितहरूले राहत वितरणमा झेल भएको आरोप लगाउँदै भोक्राहा नर्सिङ गाउँपालिका-७ को वडा कार्यालयमा कात्तिक ५ गते तालाबन्दी गरेका छन् ।
गाउँपालिका र वडा कार्यालयले राहत वितरणमा झेल गरेको आरोप लगाउँदै बाढी प्रभावितहरूले भोक्राहा नर्सिङ गाउँपालिका-७ को वडा कार्यालयमा ०८१ कात्तिक ५ गते तालाबन्दी गरेको स्थानीय गजेन्द्रप्रसाद यादवले बताउनु भयो ।
बाढी प्रभावितहरूलाई राहत वितरणमा विभेद गरेको आरोप लगाउँदै बाढी प्रभावितहरूले ०८१ असोज २३ गते भोक्राहा नर्सिङ गाउँपालिका-७ को वडा कार्यालय घेराऊ गरेका थिए ।
आन्दोलन गरेको दुई साता बितेपनि आफ्ना माग सम्बोधन नभएको आरोपमा भोक्राहा नर्सिङ गाउँपालिका-७ का बाढी प्रभावितहरूले वडा कार्यालयमा तालाबन्दी गरेको बौवालाल यादवले बताउनु भयो । वडाध्यक्ष यादवले वार्ता र सम्वादका माध्यमबाट समस्या समाधान गरिने बताउनु भएको छ ।
बाढी पीडितहरूका लागि राहतको नाममा भ्रष्टाचार भएको र वास्तविक पीडितलाई नदिइ गैरपीडित, पहुँचवालालाई राहत वितरण गरिएको पीडितहरूको आरोप छ ।
वडा कार्यालयमा तालाबन्दी गरिएपछि वडाबाट प्रवाह हुने सरकारी काम प्रभावित भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…