राहत वितरणमा अनियमिता भएको आरोपमा वडा कार्यालयमा तालाबन्दी
राहत वितरणमा अनियमितता भएको आरोपमा भोक्राहा नर्सिङ गाउँपालिका-४ का बाढी पीडितले वडा कार्यालयमा तालाबन्दी गरेपछि अन्य सेवाग्राहीलाई समस्या भएको छ ।
भोक्राहा नर्सिङ गाउँपालिका-४ का बाढी पीडितले राहत वितरणमा अनियमितता भएको आरोपमा ०८१ कात्तिक ६ गतेदेखि तालाबन्दी गरेपछि अरू सेवाग्राही सरकारी सेवाबाट वञ्चित हुनु परेको छ ।
नाराबाजीसहित बाढी पीडितहरूका लागि राहतको नाममा भ्रष्टाचार भएको र वास्तविक पीडितलाई नदिइ गैरपीडित, पहुँचवालालाई राहत वितरण गरिएको बाढी प्रभावितहरूको आरोप छ ।
बाढी प्रभावितहरूले वडा कार्यालयमा तालाबन्दी गरेपछि वडाका अन्य नागरिक सरकारी सेवाबाट वञ्चित हुनु परेको भोक्राहा नरसिंह गाउँपालिका-४ का स्थानीय सब्बीर आलमले बताउनु भयो ।
वडा कार्यालयमा तालाबन्दी गरेपछि वडा कार्यालयले प्रवाह गर्ने सिफारिस, व्यक्तिगत घटना दर्ता लगायतका सरकारी सेवा प्रभावित भएका छन् ।
भोक्राहा नरसिंह गाउँपालिका-४ का वडाध्यक्ष हारून अञ्सारीले छलफल र सम्वादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्नु भएको छ । वडाध्यक्ष अञ्सारीले वास्तविक बाढी प्रभावितहरूलाई राहत वितरण गरिएको र राहत वितरणमा कुनै झेल नभएको बताउनु भयो ।
राहत वितरणमा झेल भएको आरोपमा भोक्राहा नरसिंह गाउँपालिका-२ मा समेत बाढी प्रभावितहरूले वडा कार्यालयमा तालाबन्दी कात्तिक ७ गतेदेखि खुलेको छ ।
भोक्राहा नर्सिङ गाउँपालिका-७ वडा कार्यालयमा बाढी प्रभावितहरूले कात्तिक २ गते लगाएको ताला एकसातायता खुल्न सकेको छैन् ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…