राहत नपाएको भन्दै भूकम्प पीडितद्वारा जिल्ला प्रशासन कार्यालयमा उजुरी

मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारका भूकम्प पीडितहरू मध्ये २४ घरपरिवारले हालसम्म पुनःनिर्माणको लागि राहत नपाएको भन्दै वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

Photo20180507Sindhupalchok

६३ वर्ष अघिदेखि इन्द्रावती गाउँपालिका-४ का राजेन्द्रमान ताल्चाभडेल लगायत ६ जनाको जग्गामा खनजोत गरी घर बनाएर बसोबास गर्दै आएका मेलम्ची नपा-१० का पहले माझी, जितराम माझी, जुठे माझी, मङ्गले माझी, जितबहादुर माझी, टहले माझी र भिमबहादुर माझीहरूबाट छुट्टएिका अन्य सन्तानहरू गरी २४ घर परिवारले आफ्नो नाममा जग्गा नहुँदा भूकम्प पीडित लाभान्वित सूचीमा परेका, सो स्थानमा बसोबास गर्दै आएका माझी परिवारले भूकम्प पीडित राहत नपाएका हुन् ।

भूकम्प पीडितलाई राहत दिलाउन माझी परिवारको नाममा जग्गा हुनुपर्ने प्रावधान भएको र उनीहरूको नाममा जग्गा ल्याउन सम्बन्धित जग्गावालाहरूसँग छलफल गराएर आफूले पहल गर्ने प्रमुख जिल्ला अधिकारी  आस्मान तामाङले बताए । उजुरी दिन २४ परिवारका सदस्यहरू जिल्ला प्रशासन कार्यालयमा आएका छन् ।


नातिबावु धिताल