राहतका लागि पहल गरिदिन द्वन्द्व पीडितद्धारा इन्सेकलाई अनुरोध
विस्तृत शान्ति सम्झौता भएको ११ वर्षहुँदासम्म राहत पाउन नसकेको भन्दै छाँयानाथ रारा नपा-९ का ३७ वर्षीय विजलाल रोकाया, सोही ठाउँका ३१ वर्षीय सतसिंङ रोकाया, ३३ वर्षीय दङल्या रोकाया र ४५ वर्षीय सुकलाल रोकायाले कात्तिक २६ गते सम्बन्धित निकायमा आवश्यक पहल गरिदिन इन्सेकलाई अनुरोध गरेका छन् ।
तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी र राज्य पक्षबाट पीडित भएको भनी द्वन्द्व पीडितहरूले स्थानीय शान्ति समितिमा ०७२ सालमा नाम दर्ता गराएको भएपनि ०७४ कात्तिक २६ गतेसम्म राहत नपाएको भन्दै सम्बन्धित निकायमा पहल गरिदिन चारै जना पीडितले इन्सेकलाई लिखित निवेदन दिई अनुरोध गरेका हुन् ।
चारै जना पीडितलाई ०५९ पुस २९ गते तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले घरबाटै अपहरण गरी २३ महिनासम्म आफनो कब्जामा राखेको पीडित विजलालले बताए ।
माओवादीले २३ महिनापछि अपहरण मुक्त गरेपछि घर फर्केका पीडित चार जनामध्ये दङल्या रोकायालाई ०६१ मङ्सिर ६ गते गाउँ नजिक बसिरहेको अवस्थामा रारा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको कालीदल गुल्मबाट गएको नेपाली सेनाको टोलीले बाँया खुट्टामा गोली हानी घाइते बनाएका थिए ।
नेपाली सेनाको टोलीले ०६१ मङ्सिर १० गते विजलाल, सतसिङ र सुकलाललाई गिरफ्तार गरी ६ महिनासम्म नजर बन्दमा राखेको पीडित विजलालले बताए । यस घटना सम्बन्धमा इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक २००५ मा उल्लेख छ । नेपाली सेनाको क्याम्पमा रहँदा आफूहरूले यातना पाएको पीडितले गुनासो गरे ।
चारै जना दुवै पक्षबाट पीडित भएको र आवश्यक कागजपत्रसहित स्थानीय शान्ति समितिमा निवेदन दिएपछि शान्ति मन्त्रालयमा नामवली पठाएको स्थानीय शान्ति समिति मुगुका सुब्बा धर्मराज चौलागाइँले बताए । मन्त्रालयबाट रकम नआउँदा राहत पाउनबाट छुटेको सुब्बा चौलागाइँको भनाई छ ।
इन्सेकले यस विषयमा स्थानीय शान्ति समितिमा गएर तथ्याङ्क हेर्ने, महिला तथा बालबालिका कार्यालय, शिक्षा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा पुगेर घटनाका बारेमा जानकारी गराएको छ । सम्बन्धित वडा कार्यालयबाट सिफारिस लिई आएमा अपाङ्गता भएका व्यक्तिको परिचय पत्र बनाइदिने निमित्त प्रमुख जिल्ला अधिकारी मोहनबहादुर केसीले बताए ।
यसैगरी महिला तथा बालबालिका कार्यालय प्रमुख हसिना सुवेदी पराजुलीले आगामी दिनमा यी पीडितलाई राहत वितरणमा प्राथमिकतमा राख्ने बताइन् । यसैगरी जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक धनसुदन चौलागाइँले आवश्यक कागजपत्र लिई आएमा छात्रावृत्तिका लागि पहल गर्ने बताए ।
जीवन सेजुवाल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्याङ्जा कालिगण्डकी गाउँपालिका– ५ घर भएका ३५ वर्षीय पुरुषलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकाकालाई आरपितले २०७४ चैत महिनामा बलात्कार…
नेपालगञ्जको स्थिति नियन्त्रणमा लिन सेना परिचालन
हिन्दु र मुस्लीम समुदायबिच भएको तनावलाई नियन्त्रणमा गर्नका लागि नेपाली सेना परिचालन गरिएको छ । अवस्था बिग्रीन नदिन र शान्ति सुरक्षा कायम राख्न सेना परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विपिन…
दृष्टिविहिन शिक्षिकाद्वारा गरिएको आमरण अनसनको इन्सेकद्वारा अनुगमन
पहुँचयुक्त र पायक पर्दो विद्यालयमा पदस्थापन र हाजिरीको माग गर्दै २०८० असोज १४ गते देखि आमरण अनसनमा बस्नुभएकी दृष्टिविहिन शिक्षिका शोभा पौडेल को इन्सेक गण्डकी प्रदेश संयोजकको नेतृत्वमा असोज १६…
बलात्कार घटनाको कसुरमा आठ बर्ष कैद
शम्भुनाथ नगरपालिका–७ का ३५ वर्षीय दर्शन भनिने दशन मण्डललाई बालिका बलात्कार गरेको कसुरमा ०८० असोज १५ गते आठ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितलाई…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गोरखा नगरपालिका–४ फिनामका ४२ वर्षीय गोपाल भन्ने दिपक बहादुर बानियाँलाई प्रहरीले असोज १५ गते गिरफ्तार गरेको छ । बौद्धिक अपाङ्गता भएकी महिलालाई बिवाह गर्छु…