रास्वपाका कार्यकर्ताद्वारा पत्रकार कुटपिट, पत्रकार सम्बद्ध संस्थाद्वारा विरोध
रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धिकरण लगायतका आरोपमा भइरहेको अनुसन्धानको विरोधमा उत्रिएका रास्वपाका कार्यकर्ताले समाचार सङ्कलन गर्न पुगेका नेपाल पत्रकार महासङ्घका सदस्य तथा कपुरबोट मिडियाका पत्रकार सन्तोष देउजामाथि कुटपिट गरेको घटनाप्रति पत्रकारसम्बद्ध सङ्घसंस्थाले विरोध गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ चितवनलगायत पत्रकार सम्बद्ध सङ्घसंस्थाले घटनाको घोर भर्त्सना गर्दै कुटपिटमा संलग्न सो पार्टीका कार्यकर्तालाई कारबाहीको माग गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारी, प्रेस युनियनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारीका उपाध्यक्ष कृष्ण आचार्य, प्रेस सेन्टरका सचिव रवि अधिकारी, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष टीकादत्त तिमल्सिना र जनपत्रकार सङ्गठनका अध्यक्ष होमनाथ न्यौपानेले मङ्सिर १९ गते संयुक्त विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका हुन् ।
विज्ञप्तिमा रास्वपाका कार्यकर्ताहरुले समाचार सङ्कलन गरिरहेका पत्रकार देउजामाथि मुक्का प्रहार गर्दै लखेटेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ–“आक्रमणबाट जोगिन पत्रकार देउजा अस्पतालरोडको एक घरमा शरण लिन बाध्य पारिएको घटना निन्दनीय छ । पत्रकार देउजाको अवस्था बुझ्न गएका नेपाल पत्रकार महासङ्घ चितवनका उपाध्यक्ष प्रकाशमणी ज्ञवाली, प्रेस चौतारी नेपाल चितवनकी इञ्चार्ज एवम् नेपाल प्रेसकी चितवन संवाददाता प्रतिमा सिलवाललगायतका पत्रकारहरुमाथि पनि अमानवीय तथा अभद्र व्यवहार भएको छ ।”
घटना लोकतान्त्रिक समाजका लागि अमर्यादित र निन्दनीय कार्य भएको उल्लेख गर्दै विज्ञप्तिमा यस्तो कार्य नगर्न/नगराउन चेतावनी दिइएको छ ।
चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबिच झडप भएको छ । बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबिच झडप भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ । प्रारम्भिक जानकारी अनुसार जिल्ला सभापति कृष्ण भुसाल सहित १० जना घाइते भएका छन् । सो घटनाका सम्बन्धमा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले विरोध गर्दै विज्ञप्ति जारी गरेको छ ।
दिपेन्द्र अधिकारी
सम्बन्धित समाचारहरू
ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते
सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा रहेको बेला आफैँलाई गोली प्रहार गरेका हुन् । गोली प्रहारबाट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ७ गते बलात्कार…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिनु भयो ।…
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते
शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्काको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ५ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडितकी आमाले…