रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा
मुलुकमा सङ्घीयतापछि सरकारले कृषिमा लगानी बढाउने भने पनि रासायनिक मल उपलब्ध नहुँदा रसुवाका किसान समस्यामा परेका छन् ।
यसवर्ष पनि सरकारले अनुदानको मल सहज रुपमा आपूर्ति गर्न सकेको छैन । कालिका, उत्तरयया र नौकुण्ड गाउँपालिकामा समयमै मल पाउन नसकेपछि रसुवाका ग्रामीण किसान मर्कामा परेका छन् ।
स्थानीय सरकारको सिफारिसमा सहकारीमार्फत सरकारले मलको आपूर्ति कृषि सामग्री र साल्ट ट्रेडिङले नुवाकोटबाट गरिरहेको छ । युरिया, डिएपी तथा जिङ्क मल तरकारी, मकै, धान र काेदाे खेतीमा प्रयाेग हुँदै आएकाे छ ।
डिएपी र युरिया मल बिना मकै उत्पादन नहुने भएकोले यस पटक मकै खेती बिग्रेको कालिका गाउँपालिका-३ का चेतनाथ होमनाथ न्यौपानेले बताउनु भयो । उहाँले भन्नुभयो, 'गाउँगाउँमा मल अभाव भएकोले यसवर्ष अनिकाल लाग्ने अवस्था भयो' ।
धान खेतीको समय पनि नजिकिँदै छ मकै त बिग्रियो अर्की किसान गङ्गा न्यौपानेले उल्लेख गर्नुभयो । 'रासायनिक मल अभाव भएर किसानले आवाज उठाएको दुई महिना भयो अझै मल आपूर्ति भएन', न्यौपानेले भन्नुभयो ।
जिल्लामा रासायनिक मलको मागको एक चौथाई मत पनि आपूर्ति नभएको कारण किसानहरूले आफ्नो खेतीबालीमा मल हाल्न पाएका छैनन् । अहिले खेतबारीको मकैमा प्रयोग गर्न युरिया मलको माग उच्च रहेको छ ।
मल अभावले कृषि उत्पादन धेरै घट्ने र जीविकामा समस्या हुने भएकोले किसान चिन्तामा परेका छन् । हिउँदे धान तथा कमै खेतीमा समस्या भएको र स्थानीय सरकारले सहकारीमार्फत आपूर्ति तथा मल वितरण प्रणालीमा समस्या भएको कालिका गाउँपालिका-३ की दुर्गा ढकालले बताउनु भयो ।
रसुवाको दक्षिण भेगको उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा युरिया र डिएपी मलको धेरै अभाव रहेको छ । मल अभावले यस वर्षको मकै अत्पादन घट्ने कालिका गाउँपालिका-२ का किसान कृष्णबहादुर मोक्तानले बताउनु भयो ।
विदेशबाट निर्यात कम भएकाले केही समस्या भएको तर स्थानीय किसानको माग अनुसार रासायनिक मल तत्काल आपूर्ति गर्न लागि परेको कालिका गाउँपालिका उपाध्यक्ष तथा मल आपूर्ति समितिका संयोजक मिरा लामाले बताउनु भयो ।
हेमनाथ खतिवडा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलारी गाउँपालिकाका–३ डोङ्पुरका २० वर्षीय आरजु चौधरीलाई ०८१ माघ ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ १८ गते बलात्कार…
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीलाई मातृशोक
इन्सेकका महासचिव डा. रघुनाथ अधिकारीकी ममतामयी आमा चन्द्रावती अधिकारीको ९२ वर्षको उमेरमा २०८१ माघ ४ गते असामयिक निधन भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष डा. कुन्दन अर्यालद्वारा…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा शिवराज नपा–६, पैकेबण्डाका ३० वर्षीय उमर थारु कुजडा विरुद्ध इलाका प्रहरी कार्यालय, चन्द्रौटामा ०८१ माघ २ गते उजुरी दर्ता भएको छ । पीडित महिलालाई…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मायादेवी गाउँपालिका–६ का २३ वर्षीय मनिष कुर्मीलाई प्रहरीले ०८१ माघ २ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस २९ गते यौन दुर्व्यवहार…
सशस्त्र द्वन्द्वका पीडितको सेवा सुविधा कटौती नगर्न मुख्यमन्त्री कँडेललाई ध्यानाकर्षण
सशस्त्र द्वन्द्वका पीडितलाई राहत, परिपूरण, न्याय र संस्थागत सुधारसँग जोडिएको भत्ता सुविधा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय भएकाले विगतदेखि पाउदै आएको सुविधालाई कटौती नगरी विगतमा जस्तै सुविधा यथावत पाउने गरी कार्यविधि…