राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा प्रयोग गरिएको सवारी अपरिचत व्यक्तिद्वारा तोडफोड
तनहुँ क्षेत्र नम्बर– १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको प्रचार प्रसारमा प्रयोग गरिएको गाडीमाथि तोडफोड भएको छ ।
व्यास नगरपालिका–३ मालपोत लाईन स्थित सन्तोष होटल अगाडि पार्किङमा राखेको बा. ११ च ४२५० नम्बरको कार वैशाख ७ गते राति अपरिचित समूहले तोडफोड गरेको उम्मेदवार वाग्लेका वुबा जिवन वाग्लेले बताउनु भयो ।
इँटाले प्रहार गरी कारको बायाँ भागको सिसा फुटाइएको छ । दिनभर प्रचार अभियानबाट आएर वाग्ले राति उक्त होटलमा बास बस्नु भएको थियो । बिहान उठेर हेर्दा गाडीको सिसा फुटाएको अवस्थामा भेटिएको वाग्लेले बताउनु भयो ।अन्य समयमा उक्त गाडि उम्मेदवारका वुबाले प्रयोग गर्ने भएपनि चुनावको बेलामा भने प्रचार प्रसारको लागि प्रयोग गरिएकाे थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले उक्त गाडीको सिसा कसले र किन फुटाएको भन्ने बारेमा अनुसन्धान सुरू गरिएको बताउनु भयो । उहाँले घटनास्थल वरपरका पोलहरूमा राखिएको सिसि क्यामेराको फुटेज अध्ययन गरेपछि केही खुल्ने बताउनु भयो ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित समाचारहरू
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…