राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता

  ०७८ जेठ ५ गते

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा रिक्त सदस्य पदको  निर्वाचनका लागि दाङमा जेठ ४ गते मनोनयन दर्ता गरिएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमालेमा प्रवेश पछि पार्टी कारबाहीमा परेर रिक्त रहेको एक सदस्यका लागि जेठ १७ गते निर्वाचन तोकिएको छ  ।

घोराहीस्थित जिल्ला अदालतमा स्थापना गरिएको निर्वाचन कार्यालयमा उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन । निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी(उपेन्द्र यादव पक्ष)को गठवन्धनबाट दृघनारायण पाण्डेले उम्मेदवारी दर्ता गराएको निर्वाचन प्रमुख तथा जिल्ला न्यायाधीश रितेन्द्र थापाले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा ८३ जना प्रदेश सभा सदस्य  र २ सय १८ जना स्थानीय तहका प्रमुख, उप प्रमुखहरूले मतदान गर्ने छन् ।


जयनारायण पुन