राष्ट्रिय सभा सदस्य निर्वाचनको इन्सेकद्वारा पर्यवेक्षण
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका तीन पदका लागि माघ १२ गते सम्पन्न भएको निर्वाचनको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले पर्यवेक्षण गरेको छ । पर्यवेक्षणका क्रममा राष्ट्रिय सभा सदस्य निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाको प्राङ्गणमा ‘क’ र ‘ख’ गरी दुई ओटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । (क) मतदान केन्द्रमा प्रदेश सभा सदस्यहरुले मतदान गर्ने र (ख) मतदान केन्द्रमा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था गरिएको छ ।
५२ जना प्रदेश सभा सदस्य र १ सय ७५ जना स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख गरी २ सय २७ जनाले बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म मतदान गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका तीन पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये सत्तारुढ गठबन्धनको खुलातर्फ नेपाली काँग्रेसका नारायण मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादीका गरिमा शाह र सत्तारुढ गठबन्धन विरुद्ध खुलातर्फ एमालेबाट डिल्लीराज भट्ट, दलिततर्फ नरेश विक र महिलातर्फ सन्तोषकुमारी शर्मा थापा उमेदवार रहनु भएको छ ।
पदेश सभाका ५२ जना मतदातामध्ये एकीकृत समाजवादी पार्टीका १४ जना, माओवादी केन्द्रका १३ जना, नेपाली काँग्रेसका १२ जना, नेकपा एमालेका ११ जना, राष्टिय जनता पार्टीका एक जना र लोकतान्त्रिक समाजवादी पार्टीका एक जना प्रदेश सभा सदस्य रहेका र स्थानीय तहका १ सय ७५ जना मतदातामध्ये नेपाली काँग्रेसका ७४ जना, नेकपा एमालेका ७१ जना, माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादी पार्टीका १३ जना मतदाताले मतदान गरेको निर्वाचन अधिकृत राइभान कुञ्जेडाले बताउनु भएको छ ।
एक जना प्रदेश सभा सदस्य बराबर ४८ मतभार र एक जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख बराबर १८ मतभार रहने व्यवस्था रहेको र सतप्रतिशत मतदान भएको निर्वाचन अधिकृत कुञ्जेडाले बताउनु भयो ।
शान्ति सुरक्षालाई ध्यानमा राखेर मतदान स्थलमा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । कोभिड सङ्क्रमण बढदै गएकोले मतदातहरुका लागि कोभिड खोप कार्ड अनिवार्य गरी सुरक्षाको मापदण्ड पूर्ण रुपमा पालना गरी मतदान स्थलमा प्रवेश गर्ने व्यवस्था गरिएको निर्वाचन अधिकृत कुञ्जडाले बताउनु भयो ।
मैनामोती चौधरी
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…