राष्ट्रिय सभा निर्वाचन २०८० – गण्डकी प्रदेशमा मतगणना सम्पन्न गठवन्धनका उम्मेदवार विजयी

  २०८० माघ ११

राष्ट्रिय सभा निर्वाचन गण्डकी प्रदेशमा शान्तिपूर्ण सम्पन्न भएर मतगणना पनि सम्पन्न भएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसका किरणबाबु श्रेष्ठ अन्य क्लस्टरबाट, अपांगता÷अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुनुभएको हो ।

श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याएर विजयी हुनुभएको छ भने, अपांगता÷अल्पसंख्यकतर्फ कांग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याएर विजयी हुनुभएको छ । महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी हुनुभएको हो ।

गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १ सय ४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए । गठबन्धनमा आबद्ध दलहरूको मतभार ३ हजार ८ सय २७ थियो ।

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबै मतदाताले मतदान गर्नुभएको थियो । मेयर नेपाली बागलुङ पोखराको इमेज सहकारी ठगी प्रकरणमा उजुरी परेपछि जेठ ५ गतेदेखि फरार रहेकाले उहाँ बाहेक बाँकी २ सय २९ जनाले मतदान गरेको निर्वाचन कार्यालय गण्डकीले जनाएको छ ।

रास्ट्रिय सभा सदस्य को लागि भएको निर्वाचनको इन्सेक द्वारा अनुगमन गरिएको थियो । अनुगमन का क्रममा मतदान अधिकृत जिल्ला न्यायाधीश ऋषि राम आचार्य सँग निर्वाचन का बारेमा जानकारी लिइएको इन्सेक प्रमुख शिव खकुरेले जानकारी दिनुभयो ।

rastiya sabha nirbachan- kaski


सन्जय रानाभाट