राष्ट्रिय सभा निर्वाचन इन्सेक मधेश प्रदेशद्वारा अनुगमन
राष्ट्रिय सभाका दुई सदस्यका लागि माघ १२ गते मधेश प्रदेश जनकपुरधाममा सम्पन्न निर्वाचनको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयले पर्यवेक्षण गरेको छ ।
जनमत पार्टीको विरोध र अवरोधका बिच कडा सुरक्षा र कोभिड भाइरसको तेश्रो लहरलाई मध्यनजर गर्दै सुरक्षित तवरले राष्ट्रिय सभा सदस्य निर्वाचन सम्पन्न भएको छ ।
मधेश प्रदेशमा ३ सय ७२ जना कुल मतदाता रहेकोमा ३ सय ६६ जनाले मतदान गरेको र पाँच जना अनुपस्थित भएको निर्वाचन अधिकृत पुष्पा झाले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय अगाडि महेन्द्रनारायण स्मृति भवनमा बिहान साढे १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको निर्वाचन अधिकृत झाले बताउनु भयो ।
मधेस प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता रहेकोमा १ सय ३२ पुरुष र १ सय ३२ महिलाले मतदान गरेका हुन् । प्रदेश सभाका १ सय २ सदस्यले मतदान गरेका हुन् ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित समाचारहरू
नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार
सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ । बडीमालिका नगरपालिका–२ एमालेबाट…
मतदान अधिकृतको राजीनामापछि मतगणना वा मतदान अन्यौलमा
मुख्य निर्वाचन अधिकृत दीपक खनालले स्वास्थ्य अवस्थाको कारण देखाउँदै जेठ १ गते राजीनामा दिएपछि त्रियुगा नगरपालिका–१२ मा मतगणना गर्ने वा पुनः मतदान गर्ने विषयमा अन्यौलता छाएको छ । वैशाख ३०…
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…