राष्ट्रिय सभा निर्वाचन आज, खोप कार्ड अनिवार्य
राष्ट्रिय सभा सदस्य पदका लागि माघ १२ गते मतदान हुँदैछ ।
प्रदेश १, मा तीन सिटका लागि निर्वाचन हुँदैछ । अन्य, महिला र अपाङ्गता वा अल्पसङ्ख्यक गरि तीन सिटका लागि आठ जनाले उम्मेदवारी दिएका छन् ।
अन्य समूहमा नेपाली काँग्रेसका गोपालकुमार बस्नेत, महिलामा नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अपाङ्गता वा अल्पसङ्ख्यकमा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दिनु भएको छ ।
नेकपा एमालेले अन्यमा गुरु बराल, महिलामा सुमित्रा सुवेदी भण्डारी र अपाङ्गता वा अल्पसङ्ख्यकमा सोनामगेल्जेन शेर्पाको उम्मेदवारी छ । राप्रपाबाट अन्यमा अम्वरबहादुर विष्ट र महिलामा रञ्जु प्याकुरेलले उम्मेदवारीको छ ।
राप्रपासँग गठबन्धनका लागि एमालेले गरेको प्रयास सफल हुन नसकेपछि राप्रपा एक्लै चुनावी मैदानमा छ ।
प्रदेश १ मा स्थानीय तह र प्रदेश गरि ९ हजार ३ सय १२ मतभार छ । जसमा नेकपा एमालेको ४ हजार ५ सय २४ रहेको छ । एमालेको स्थानीय तहमा २ हजार ५ सय ५६ र प्रदेशमा १ हजार ९ सय ६८ मतभार छ । स्थानीय तहका प्रमुख–उपप्रमुख १ सय ४२ जना र प्रदेशका ४१ जना सांसद रहेका छन् ।
पाँच दलीय गठबन्धनको मतभार ४ हजार ६ सय ६८ रहेको छ । गठबन्धनमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।
काँग्रेसको स्थानीय तहमा १ हजार ७ सय २८, प्रदेशमा १ हजार ८ मतभार छ । माओवादी केन्द्रको स्थानीय तहमा २ सय ८८, प्रदेशमा ७ सय २०, एकीकृत समाजवादीको स्थानीय तहमा १ सय ८० र प्रदेशमा ४ सय ८०, जनता समाजवादीको स्थानीय तहमा ७२ र प्रदेशमा १ सय ४४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको प्रदेशमा ४८ मत छ ।
राप्रपाको १ सय २० मतभार रहेको छ । राप्रपाको स्थानीयमा ७२ र प्रदेशमा ४८ मतभार छ । सत्ता गठबन्धन र एमालेको मतभारको अन्तर १ सय ४४ छ । तर, एमाले प्रदेश सांसद गुलेफुन मियाँ सरकारी कागज किर्ते मुद्दामा फरार रहेकाले एमालेको ४८ मतभार घट्ने देखिएको छ । गुलफेनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनमा स्थानीय तहका प्रमुख–उप प्रमुख र प्रदेश सांसद मतदाता रहेका छन् । स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १८ र प्रदेश सांसदको मतभार ४८ छ । निर्वाचनमा १ सय ३५ स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय ७२ र ९२ सांसद गरि ३ सय ६४ मतदाता छन् ।
मतदातालाई खोप कार्ड अनिवार्य-
कोभिड–१९ को बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड अनुसार नै मतदाताहरूलाई मतदानस्थलमा प्रवेश दिइने निर्वाचन कार्यालयले तयारी गरेको छ ।
मतदाताहरूलाई खोप कार्ड अनिवार्य गरिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले बताउनु भएको छ । अधिकारीले भन्नुभयो,‘ खोप कार्ड अनिवार्य गरेका छौं । खोप कार्ड मोवाइल खिचेको भए हुन्छ । खोप कार्ड नभएकै कारण मतदानबाट भने वञ्चित गरिने छैन ।’
माघ १२ गते बिहान ९ बजेदेखि शुरू हुने मतदान दुई स्थानमा हुने तयारी गरिएको छ । प्रदेश निर्वाचन कार्यालयमा स्थानीय तहका प्रमुख–उपप्रमुख र बाली विज्ञान प्रयोगशालामा प्रदेश सांसदहरूका लागि मतदान केन्द्र निर्धारण गरिएको छ ।
कोभिड–१९ सङ्क्रमित मतदाता मतदानस्थलमा आएको खण्डमा पहिलो प्राथमिकता उहाँलाई दिइने निर्वाचन कार्यालयका प्रमुख अधिकारीले बताउनु भयो । दिउँसो ३ बजे मतदान सम्पन्न भएपछि सर्वदलीय बैठक बसेर मतगणना शुरू गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
इन्सेक प्रदेश १, कार्यालय विराटनगर
सम्बन्धित समाचारहरू
प्रहरी र स्थानीयबिच झडप, चार प्रहरी र दुई स्थानीय घाइते
रम्भा गाउँपालिकामा–५ मा पुनः मतदानको माग गर्दै मतदाताहरूले मतगणना स्थलमा आन्दोलन गरे पछि प्रहरी र स्थानीयबिच जेठ १ गते झडप भएको छ । झडपमा प्रहरी हवल्दार ४० वर्षीय कृष्ण कुँवर,…
विजय उत्सव मनाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु १५ जना घाइते
विजय उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लाग्दा जेठ २ गते दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । विजय उत्सवमा जान लागेको ना ५ ख…
मतपत्र च्यातेको आरोपमा एक जना गिरफ्तार, गणना स्थगित
चिशंखुगढी नगरपालिका–३ मा मतपत्र च्यातेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका चिशंखुगढी सचिव राजकुमार ढुङ्गानालाई जेठ २ गते गिरफ्तार गरेको छ । मतपत्र च्यातेको आरोपमा ढुङ्गाना अनुसन्धानका लागि गिरफ्तारीमा परेपछि मतगणना रोकिएको…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २ गते)
जेठ २ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ५ सय ४६…
रुपनीमा गरिएको पुनः निर्वाचन शान्तिपूर्ण सम्पन्न
रुपनी गाउँपालिका–५ बसबिट्टीस्थित वडा कार्यालय भवनमा स्थगित भएको निर्वाचन जेठ २ गते कडा सुरक्षाकाबिच शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । मतदानस्थलमा १ हजार ५ सय २३ मतदाता रहेकोमा १ हजार…