राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन अन्यौलमा
राष्ट्रिय मानव अधिकार चौथो कार्ययोजना कार्यान्वयनको प्रतिवेदनमा अन्योलता देखिएको छ । सङ्घीय संरचनापछि कार्ययोजनामा अन्योलता देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
सरकारी कार्यालयबाट दिइने सेवा प्रवाहमध्ये मानव अधिकारसँग जोडिएका विषयमा प्रत्येक महिनामा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने कार्यालय प्रमुखको बैठकमा अन्य विषयसँगै राष्ट्रिय मानव अधिकार चौथो कार्ययोजनाका विषयमा समेत छलफल हुने गर्दछ ।
उक्त छलफलबाट देखिएका प्रगतिलाई जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा प्रतिवेदन पठाउने र गृह मन्त्रालयबाट समेत सबै जिल्लाका प्रतिवेदनलाई प्रधानमन्त्रीको कार्यालयमा पठाउने गरेको भएपनि पछिल्लो समय प्रतिवेदन तयारी गरी पठाउन समस्या देखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए ।
पछिल्लो समय मुलुक सङ्घीय संरचनामा गए पश्चात धेरै ओटा विषयगत कार्यालय गाउँपालिका तथा नगरपालिका अन्तर्गत रहेको हुँदा तथ्याङ्क सङ्कलन तथा प्रतिवेदन तयारीमा समेत अन्योल भएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
शर्माले भने-'प्रतिवेदन तयारीका लागी विषयगत कार्यालयले गरेको कामका आधारमा राष्ट्रिय मानव अधिकार चौथो कार्ययोजनाको प्रतिवेदन ढाँचाका आधारमा विगतमा प्रतिवेदन तयारी गरिने भएको भएपनि अहिले धेरैजसो कार्यालय स्थानीय तह अन्तर्गत रहेको हुँदा अब प्रतिवेदन कसरी र क-कसले पठाउने भन्ने नै अन्योल रहेको छ ।'
राष्ट्रिय मानव अधिकार चौथो कार्ययोजनाको प्रतिवेदन कसले तयारी गर्ने र कुन निकायमा पठाउने भन्ने विषयमा सम्बन्धित निकायबाट स्पष्ट गराउनु पर्ने त छँदैछ सँगसँगै प्रतिवेदनको ढाँचामा समेत परिमार्जन गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए ।
प्रमुख जिल्ला अधिकारी शाही भन्छन्-'राष्ट्रिय मानव अधिकार चौथो कार्ययोजनाको प्रतिवेदन ढाँचा नै धेरै अस्पष्ट रहेको हुँदा पनि धेरै कार्यालय प्रमुखले आफूले दिएको सेवालाई प्रतिवेदनमा ढाल्न नसक्ने समस्या छ ।'
दिनेशकुमार श्रेष्ठ
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…