राष्ट्रिय मानव अधिकार आयोगद्वारा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले ओखलढुङ्गा र खोटाङमा नागरिकलाई दिइने सेवाको प्रभावकारिताबारे अनुगमन गरेको छ । आयोगका सचिव वेदप्रसाद भट्टराई र उप निर्देशक टिकाराम भट्टराईसहितको टोलीले अनुगमन गरेको हो ।
टोलीले हवाइ सेवाको अवस्था, औषधि तथा स्वास्थ्य सेवा र भूकम्प पीडितले प्राप्त गर्नु पर्ने सेवा प्रवाहको अवस्थाका बारेमा माघ २२ र २३ गते अनुगमन गरेको आयोगको उपक्षेत्रीय कार्यालय खोटाङका प्रमुख दिपक घिमिरेले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा सरकारी निकाय र सञ्चारकर्मी तथा अधिकारकर्मीसँग अन्तक्रिया गरिएको थियो ।
ओखलढुङ्गा तथा खोटाङको हवाइ सेवा प्रभावकारी नभएको, विमानस्थल हुँदा पनि नागरिकले सेवा नभएको भन्दै आयोगले खोटाङको जिल्ला प्रशासन कार्यालयलाई भने लिखित निर्देशन समेत दिएको छ ।
त्यस्तै ओखलढुङ्गामा भूकम्प प्रभावितहरू अझै पनि अस्थायी टहरामा बस्नु पर्ने बाध्यता रहेको, अनुदान अझै पाइनसकेको, पाउनु पर्ने व्यक्तिको नाम सूचीमै नरहेको जस्ता समस्याका विषयमा राष्ट्रिय पुनः निर्माण प्राधिकरणलाई सचेत गर्राईने आयोगका सचिव वेदप्रासद भट्टराईले जानकारी दिए ।
आयोगले भूकम्प पीडित र समग्र मानव अधिकारको अवस्थाबारे ओखलढुङ्गामा अनुगमन गर्दै आएको छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा चितवनको रत्ननगर नगरपालिका-१० घर भई काठमाडौँ बस्दै आएका ४२ वर्षीय चतुर्मान महतोलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ । आरोपितले…
संयुक्त राष्ट्रसङ्घका महासचिवद्वारा इजरायल-प्यालेस्टाइन युद्धबाट उत्पन्न हुने सङ्कटलाई रोक्न सुरक्षा परिषदलाई दबाब
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा ९९ अन्तर्गत सुरक्षा परिषदलाई गाजामा "मानवीय प्रकोप रोक्न दबाब" गर्न र इजरायल र प्यालेस्टिनी विद्रोहीहरूबीच पूर्ण मानवीय युद्धविरामको लागि आह्वान गर्न…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१८ वर्षीया युवतीलाई बलात्कार गरेका आरोपित डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढा मुस्लिम टोलका २२ वर्षीय मो जियाउद्दिनविरुद्धको मुद्दा ०८० मङ्सिर २१ गते मुल्तबीमा राख्ने फैसला भएको छ । जिल्ला अदालतमा मङ्सिर २१…
कानुनी प्रक्रियामा जानका लागि पीडितलाई इन्सेकको सहयोग
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी भेरीगंगा नगरपालिका– ६ की ५८ वर्षीया बमी कामीलाई मङ्सिर २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा…
संसद सचिवालयका उपसचिवद्वारा महिला कर्मचारीमाथि दुर्व्यवहार
सङ्घीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले संसद सचिवालयकै शाखा अधिकृत सिर्जना तण्डुकारमाथि हातपात गरी दुर्व्यवहार गरेका छन् । प्रतिबेदनमा आफ्नो नाम उल्लेख नगरेको भन्दै सचिवालयका उपसचिव गैरेले ०८० मङ्सिर २०…