राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन प्रकृयाको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगले ओखलढुङ्गामा निर्वाचन प्रकृयाको अनुगमन गरेको छ । आयोगका अधिकृत अम्बिका घिमिरे नेतृत्वको टोलीले मतदान पूर्व र मतदानको दिनको जिल्लाभर अनुगमन गरेको हो । टोलीले ओखलढुङ्गाका तीन स्थानीय तह र दुई निर्वाचन क्षेत्रको अनुगमन गरेको टोलीका सदस्य लोकनाथ घिमिरेले बताए ।
घिमिरेका अनुसार चिसंखुगढी गाउँपालिकाका सेर्ना, कुइभीर, भदौरे र सिद्धिचरण नगरपालिकाका कडेनी, अधेरी नारायणस्थान, ओखलढुङ्गाको मतदानको अवस्थाको अनुगमन गरेको हो । त्यस्तै सो टोलीले मानेभञ्ज्याङ गाउँपालिकाका भगवीत उमावि र केत्तुकेमा अनुगमन गरेको छ । अनुगमनका क्रममा मतदाता उत्साहित रहेको र शान्तिपूर्वक नै मतदान भएको पाइएको घिमिरेले बताए । आयोगले मतगणना र निर्वाचनपछिको अवस्थाको पनि अनुगमन गर्ने जनाएको छ ।
विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले मतदानको पर्यवेक्षण गरेका छन् । नियोक, नेपाल मानव अधिकार सङ्गठनले पनि ओखलढुङ्गामा पर्यवेक्षक खटाएका थिए । इन्सेकले मानव अधिकार आयोगको टोलीसँगको सहकार्यमा पर्यवेक्षण गरेको छ ।
शिवप्रसाद ढुङ्गाना
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा ज्येष्ठ नागरिकहरूको सहारा र गरिबी निवारणका लागि सामाजिक सुरक्षा र गरिबी निवारण सम्बन्धी स्थानीय सामाजिक सुरक्षा योजना र व्यवस्थापनको सुनिश्चित गरिएको छ । तर,…
कोशी प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी, सुधारगृह हुन सकेनन् कारागार
अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका अधिकांश जिल्लाका कारागार सुधारगृहका रूपमा रूपान्तरण हुन सकेका छैनन् । कारागारमा…
बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार
अमरगढी नगरपालिका–७ पोखराकी १४ वर्षीया बालिका आरती भट्टराईलाई ०८१ असोज २५ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ५८ वर्षीय टेक भण्डारीलाई असोज २६ गते गिरफ्तार गरेको छ…
भिडियो एक्सरे मेसिन नबनाउँदा बिरामीलाई सास्ती
जिल्ला अस्पताल तेहृथुममा भिडियो एक्सरे मेसिन बिग्रिएको र मर्मत सम्भार नगरिँदा बिरामी तथा सेवाग्राहीहरूले सास्ती खेप्नु परेको छ । अस्पताल प्रशासनले एक्सरे मेशिन बिग्रिएको र दशैँमा मर्मत नहुुने भन्दै सार्वजनिक…
इन्सेकद्वारा जिल्ला कारागारको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असोज २६ गते जिल्ला कारागारको अनुगमन गरेको छ । अनुगमनका क्रममा इन्सेककर्मीसँग कैदीबन्दीहरूले परिवारजनसँग भेटघाट गरी टीका लगाउने र खानपिन गर्न पाउने प्रबन्ध गरको…