राष्ट्रिय मानव अधिकार आयोगद्वारा निर्वाचन पूर्व अनुगमन
राष्ट्रिय मानव अधिकार आयोगको टोलीले कालिकोट, जुम्ला र मुगुमा निर्वाचन पूर्वको मानव अधिकार अवस्थाका विषयमा अनुगमन सुरु गरेको छ ।
आयोगका सदस्य गोविन्द शर्मा पौड्यालको नेतृत्वमा केन्द्रीय कार्यालयका योजना अधिकृत डा. टिकाराम पोखरेल, मानव अधिकार अधिकृत घनश्याम भण्डारी, उपक्षेत्रीय कार्यालय जुम्लाका नासु राजेन्द्र न्यौपानेलगायतको टोलीले चैत २१ गते कालिकोट जिल्लामा निर्वाचन पूर्व मानव अधिकारको अवस्थाका विषयमा अधिकारकर्मी, पत्रकार र नागरिक समाज लगायतसँग जानकारी लिएको छ ।
सरकारद्वारा वैशाख ३१ गते तोकिएको स्थानीय तहको निर्वाचन पूर्व राजनीतिक दल र दलका भातृ सङ्गठनका गतिविधिले मानव अधिकारमा पर्न सक्ने प्रभाव, बालबालिकाको प्रयोगलगायतका विषयमा जानकारी लिन अनुगमन सुरु गरिएको आयोगले जनाएको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…