राष्ट्रिय मानव अधिकार आयोगद्वारा कारागार अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जको टोलीले जिल्ला कारागार प्यूठानको फागुन १७ गते अनुगमन गरेको छ । जिल्ला कारागारभित्र कैदी बन्दीहरूले भोग्दै आएका समस्याको बारेमा टोलीले अनुगमन गरेको हो ।
राणाकालमा स्थापना भएको घोडा बाँध्ने तवेलामा अवस्थित 'घ' श्रेणीको जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदी बन्दी राख्नुपर्दा समस्या भएको नाइके रुद्रप्रसाद आचार्यले बताए ।
उनले सरकारले कैदी बन्दीहरूलाई दिने राशन कम भएको गुनासो गर्दै यसको सुनुवाइ गरिदिन आयोगको टोलीसँग अनुरोध गरे । हाल जिल्ला कारागारमा ४७ पुरुष कैदी, १३ महिला कैदी गरी ६० जना कैदी र चार जना थुनुवा रहेको कारागार प्रमुख सुर्यबहादुर पन्तले बताए ।
अनुगमन टोलीमा आयोगका क्षेत्रीय कार्यालयका टङ्क खनाल, द्वारिका अधिकारी, अजितकुमार ठाकुर र इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डे सहभागी थिए । आयोगको टोलीले जिल्लाको शान्ति सुरक्षा, मानव अधिकारको अवस्था, ज्येष्ठ नागरिकको अधिकारको अवस्थालगायतको विषयमा प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, महिला तथा बालबालिका कार्यालय, प्रहरी प्रमुखसँग भेटघाट तथा छलफलसमेत गरेको थियो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपितविरूद्ध उजुरी
यशोधरा गाउँपालिका– १ की २२ वर्षीया नसिमा खातुनको हत्या गरेको आरोपमा मृतकका माइती पक्षले मृतकका पति २६ वर्षीय प्रवेज आलम मुसलमान र सासु ४५ वर्षीया साजमा खातुनविरूद्ध असोज ४ गते …
हत्या घटनाका आरोपित गिरफ्तार
तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराको भगवती टोल बस्ने ४३ वर्षीया रिता लामिछानेको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–११ का ३९ वर्षीय टेकबहादुर हमाललाई असोज ६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले सुनकोशी गाउँपालिका-१० का ३५ वर्षीय छविरमण धमलाविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले ०८० असार २५ गते बलात्कार गरेको आरोपमा…
यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ज्वालामूखी गाउँपालिका-२, मैदीका २० वर्षीय दिपक विक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज ५ गते उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमाकुण्ड गाउँपालिका–१, गुम्देलका १७ वर्षीय बालकलाई प्रहरीले ०८० असोज ५ गते गाउँबाटै गिरफ्तार गरेको छ । महिलालाई आरोपितले भदौ २३ गते घरमा एक्लै रहेको बेलामा…