राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकद्वारा कालिका गाउँपालिकाको मानव अधिकार अवस्था बारे अनुमगन
राष्ट्रिय मानव अधिकार आयोग र इन्सेकले ०८० असोज २८ गते कालिका गाउँपालिकाको मानव अधिकार अवस्था बारे अनुमगन गरेको छ ।
राष्ट्रिय मानवध अधिकार आयोग, बागमती प्रदेश कार्यालयका निमित्त प्रमुख रेवा रेग्मी, राष्ट्रिय मानवध अधिकार आयोग, बागमती प्रदेश कार्यालयका अधिकृत लक्ष्मी पौडेल र इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाले कालिका गाउँपालिकामा शिक्षा, स्वास्थ्यलगायतका विषयमा अनुगमन गरेर विषयगत शाखाका प्रमुखहरूसँग छलफल समेत गरेका छन् । शिक्षा शाखाका टिकादेवी खरेल, स्वास्थ्य शाखाका नवराज न्यौपाने, लेखा शाखाका बाचस्पती सुनारलगायतसँगको छलफलमा स्वास्थ्य बिमा, निःशुल्क औषधि, स्वास्थ्य सेवा प्रवाहबारे छलफल भएको थियो ।
विद्यालयमा दिवा खाजा कार्यक्रम, महिला लक्षित सीप मुलक तालिम तथा प्रदेश तथा सङ्घीय सरकारले मात्र नभइ सथानीय सरकाले पनि छात्रवृत्ति प्रदान गरेको जानकारी दिइएको थियो । गत वर्ष नै कालिका गाउँपालिकामा इन्सेक जिल्ला प्रतिनिधि तथा मस्यौदा समितिका सदस्यहरूको सहजीकरणमा तयार भएको मस्यौदाको आधारमा मानव अधिकार कार्ययोजना कार्यपालिका बैठकबाट पारित भएको थियो ।
गरिब, दलित तथा भूमिहीनको आर्थिक, सामाजिक अवस्था बारे समेत अनुमगन गरिएको थियो । मानव अधिकार राष्ट्रिय कार्ययोजनामा भएको व्यवस्था अनुरुप पाँचौँ मानव अधिकार राष्ट्रिय कार्ययोजनाको मूलभूत पक्षहरू बारे विभिन्न चरणमा छलफल गरी स्थानीयतहरूले मानव अधिकार कार्ययोजना तयार गरी कार्यपालिकाले पारित गरेको थियो । कार्ययोजनाको कार्यन्वयन बारे पनि आयोगले अनुगमन गरेको राष्ट्रिय मानवध अधिकार आयोग, बागमती प्रदेश कार्यालयका अधिकृत पौडेलले बताउनु भयो ।
अघिल्लो वर्ष नै पारित भएको स्थानीय मानव अधिकार कार्य योजना अनुरुप विभिन्न सामाजिक सङ्घ संस्थाहरूसँगको सहकार्य गरी मानव अधिकारसम्बन्धी कार्यक्रम तय गर्ने तथा आवश्यक पुनरावलोकन गरिने कालिका गाउँपालिका उपाध्यक्ष मीरा तामाङले जानकारी दिनुभयो ।
इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…