राष्ट्रिय मानव अधिकार आयोगलाई इन्सेकको अनुराेध
बाल सुधार गृहमा भएको झडपमा मृत्यु भएका बालकको सत्यतथ्य छानविन र न्यायीक पहलका लागि इन्सेक नेपालगञ्जले राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जलाई असोज २९ गते अनुराेध गरेको छ ।
मृतक परिवारले सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिका लागि न्यायीक प्रक्रियामा सहयोग गरी दिन भन्दै इन्सेक नेपालगञ्जमा असोज २९ गते निवेदन दिएका थिए ।
उक्त निवेदनका आधारमा इन्सेक नेपालगञ्जले न्यायीक प्रक्रियामा सहयोगका लागि राष्ट्रिय मानव अधिकार आयोगमा अनुराेध गरेको हो ।
बाँकेस्थित जयेन्दु बाल सुधार गृहमा असोज ४ गते भएको झडपमा रूपन्देही जिल्ला कन्चन गाउँपालिका–४का १९ वर्षीय सुलभ केसीको असोज ५ गते नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक पक्षले असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भए पनि सुनुवाइ नभएको बताए ।
ध्रुबराज शर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिका-४ का २८ वर्षीय कारसाङ तामाङलाई प्रहरीले माघ १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१ मङ्सिर ६ गते बलात्कार…
हत्या घटनाका आरोपित गिरफतार
बारेकोट गाउँपालिका-६ स्यालाकी तीन वर्षीया बालिकाको हत्या गरेको आरोपमा बारेकोट गाउँपालिका-६ का १२ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ १० गते गिरफतार गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम्…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-८ भुजातका २५ वर्षीय नबिन गुरुङलाई प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ९ गते बलात्कार गरेको…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीय बालिकालाई ०८१ भदौ २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुलिङटार गाउँपालिका–२, देउपुरका २७ वर्षीय हरिप्रसाद गौतमलाई माघ ९ गते गिरफ्तार गरेको छ । अरिपितविरुद्ध पीडित पक्षले माघ…
बलात्कार घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी दर्ता
७२ वर्षीया महिलालाई बलात्कार गरेको भन्दै ७१ वर्षीय पुरुषले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले ०८१ पुस १८ गते बलात्कार गरेको पीडितको…