राष्ट्रिय परिचय पत्र नबनाए भत्ता नपाउने सूचनाले ज्येष्ठ नागरिकहरुलाई सास्ती
राष्ट्रिय परिचय पत्र नबनाए भत्ता नपाउने सूचनाले ज्येष्ठ नागरिकहरुलाई सास्ती भएको छ । राष्ट्रिय परिचय पत्र नबनाएमा सरकारले दिने सामाजिक सुरक्षा भत्ता नदिने सूचना पाएपछि परिचय पत्र बनाउनका लागि ज्येष्ठ नागरिकहरुलाई बर्खाकाे समयमा सास्ती खेप्नु परेकाे हाे ।
सरकारले दिदै आएको सामाजिक सुरक्षा भत्ता राष्ट्रिय परिचय पत्र नभएका ज्येष्ठ नागरिकले नपाउने सूचनाले बर्खाको समयमा बाढी पहिरोको जोखिम मोलेर सात ओटै पालिकाबाट ज्येष्ठ नागरिकहरु जिल्ला प्रशासन कार्यालयम लाइन बसेका छन् ।
ज्येष्ठ नागरिक भत्ता पाउनकै लागि विकटता दुर्गम गाउँबस्तीबाट राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन पुगेका छन् । बारेकोट गाउँपालिका, कुशे गाउँपालिका, नलगाड नगरपालिका र भेरी नगरपालिकाका ज्येष्ठ नागरिकको प्रशासन कार्यालयमा भीड लागेको छ ।
सरकारले ज्येष्ठ नागरिकलाई दिदै आएको सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबनाएपछि नपाउने गाउँबस्तीमा हल्ला चलेकाले जिल्ला प्रशासन कार्यालयमा पुगेको भेरी नगरपालिका–११ का ८६ वर्षीय रामचन्द्र शर्माले बताउनु भयो । डाँडामाथीको घाम जस्तै शरीर भएको बेला बिहान बेलुकाको छाक टार्न मुस्किल भएको अवस्थामा सरकारले ज्येष्ठ नागरिकलाई दुख दिन खोजेको छ । बर्खा झरीको समयमा बाढी पहिरोको जोखिम भएपनि भत्ता सुरक्षित गर्न सदरमुकाममा आउन परेको उहाँको भनाइ छ ।
भेरी नगरपालिका–१ रिम्नाका ८० वर्षीय मदवीर रानाले बुढेसकालको सहारा बनेको सरकारबाट पाउने भत्ता राष्ट्रिय परिचय पत्र नबनाएपछि नपाउने हल्लाले बर्खाको झरीमा जोखिम मोलेर परिचय पत्र बनाउन आएको बताउनु भयो । घरबाट जिल्ला प्रशासन पुगियो । दिनभरी झरी परेको छ । कसरी घर पुग्ने हो । चिन्ता भएको उहाँले बताउनुभयाे।
बारेकोट देखि सदरमुकाम आउने सडक ठाँउठाँउमा गएको पहिरोले अवरुद्ध छ । गाँउमा राष्ट्रिय परिचय पत्र नबनाएपछि सामाजिक सुरक्षा भत्ता नदिने हल्लाले जाखिम मोलेर आउन परेको बारेकोट गाँउपालिका–२ का ज्येष्ठ नागरिक कर्णबहादुर कामीले बताउनु भयो ।
बारेकोट गाउँपालिकाका निर्वातमा अध्यक्ष महेन्द्रबहादुर शाहका अनुसार गाउँ हुँदै जिल्ला सम्म सही सूचना प्रवाह नगरेका कारण ज्येष्ठ नागरिकले दुख पाएको बताउनु भयो । गाउँबस्तीका सरकारले सहि सूचना दिएको भए यस्तो समस्या आउने थिएन ।
नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले स्थानीय सरकार, वडा सरकार र जिल्ला प्रशासनले समयमै सहि सूचना नगरेका कारण ज्येष्ठ नागरिकले दुख पाएका छन् । गाउँबस्तीमै पुगेर शिविर संञ्चालन गर्नु पर्ने अवस्थामा गलत सूचना प्रवाह गरि ज्येष्ठ नागरिकलाई दुख दिन खोजेको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार राष्ट्रिय परिचय पत्रका लागि भेरी नगरपालिका, नलगाड नगरपालिका, कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाबाट ज्येष्ठ नागरिक आएका छन् । बर्खाको समय बाढी पहिरोका कारण सडक अवरुद्ध भएका छन् तर पनि कार्यालयमा भीड लागेको छ । अब यो समस्याको समाधान खोज्नुपर्ने उहाँले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार सरकारले अहिले याे सुविधा सम्पन्न २८ जिल्लाका जनताको परिचय पत्र बनाउने भनेको छ । जाजरकोटमा माघ देखि हो हल्लाको भरमा ज्येष्ठ नागरिकले बर्खाको समयमा दुख पाएको बताउनु भयो । गलत सूचना नदिन सबैमा जिल्ला प्रशासनले सूचना जारी गरेको उहाँले जानकारी दिनु भयो ।
बासुदेव शर्मा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा निजका ३० वर्षीय काकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ०८१ भदौ २८ गते गिरफ्तार गरेको छ। आरोपितले भदौ २८ गते बलात्कार गरेकाे भन्दै पीडितले सोहि दिन…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरी फरार रहेका आरोपित चन्द्रपुर नगरपालिका-१० का २८ वर्षीय दिनेश सहनीलाई ०८१ भदौ २७ गते इलाका प्रहरी कार्यालय चपुरले गिरफ्तार गरेको छ। आरोपित सहनिले ०८१…
बालिका कुटपिट कसुरमा तीन महिना कैद सजायको फैसला
उर्लावारी नगरपालिका-६ की ११ वर्षीया बालिका आयुसा राईलाई कुटपिट गरेको कसुरमा जिल्ला अदालतले धरान उपमहानगरपालिका-११ स्थायी घर भइ उर्लावारी नगरपालिका-६ मा बस्दै आएका २६ वर्षीय मिशन भनिने रूद्रबहादुर राईलाई ३…
बलात्कार गरेको कसुरमा कैदको फैसला
७५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भदौ ३० गते खनियाबास गाउँपालिका-५ का ५१ वर्षीय पदमबहादुर तामाङलाई जन्मकैद हुने फैसला गरेको छ । न्यायधीश गोपालप्रसाद बास्तोलाको इजलासले कसुरदारलाई जन्मकैद…
बलात्कार गरेको ठहर गर्दै ८ वर्ष ८ महिना कैदको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १६ वर्षीय बालकलाई जिल्ला अदालतले भदौ ३१ गते ८ वर्ष ८ महिना कैद गर्ने फैसला गरेको छ । न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले बालकलाई ८…