राष्ट्रिय जनता पार्टीका कार्यकर्ताद्वारा काङ्ग्रेसको झण्डामा आगजनी 

संयुक्त लोकतान्त्रिक थरूहट मोर्चा (राजपा) ले आह्वान गरेको मधेस बन्दको तेस्रो दिन जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

सोही क्रममा नेपाली काङ्ग्रेसको तर्फबाट पाल्ही नन्दन गाउँपालिकाका प्रमुख उम्मेदवार राजेन्द्र सहानीको घरमा टाँगेको झण्डा मोर्चाका कार्यकर्ताहरूले निकालेर जलाएको नेपाली काङ्ग्रेसले जनाएको छ ।

सरकारी कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति नगन्य रूपमा रहेको छ । कार्यालयहरू पनि सुनसान रहेका छन् । मोर्चाका कार्यकर्ता चोकचोकमा बसेर सडक अवरूद्ध गरेका छन् ।

सबभन्दा बढी विद्यार्थीहरू मर्कामा परेका छन् । विद्यार्थीहरूको पहिलो त्रैमासिक परीक्षा नजिकिँदै आएको अवस्थामा विद्यालय बन्द हुँदा विद्यार्थीहरू मर्कामा परेका हुन् ।


नारायण पराजुली