राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन चार दिनदेखि माइतिघर मन्डलामा धर्नामा
अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रवन्ध गर्नुपर्ने लगायतका चार बुँदे माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्ष बैज्ञानिक महावीर पुन ०८० वैशाख १५ गतेदेखि माइतिघर मन्डलामा धर्नामा बस्नुभएको छ ।
पुनले राख्नु भएको मागहरूमा अनुसन्धान र नवप्रवर्तनका लागि हरेक वर्ष सरकारले बजेटको एक प्रतिशत छुट्याउनु पर्ने र उक्त रकम अनुसन्धान, नवप्रवर्तन तथा आविष्कार कोषमा जम्मा गर्नुपर्ने, अनुसन्धान, नवप्रवर्तन तथा आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउनुपर्ने, व्यवहारिक अनुसन्धान तथा नवप्रवर्तन विभाग खोल्नुपर्ने लगायत छन् ।
इन्सेक प्रतिनिधिसँग कुरा गर्दै पुनले सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरूलाई उत्पादन गरेर नव–उद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान तथा सहज ऋण उपलब्ध गराउनुपर्ने र स्वदेशी उत्पादनलाई बजारीकरण गर्न ठोस रूपमा सहयोग गर्नुपर्ने बताउनु भयो ।
पुनले आफूले राखेको माग पूरा नभएसम्म दिनरात धर्नामा बस्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो आन्दोलन समग्र देशको अर्थतन्त्र सुधार्नका लागि गरिएको आन्दोलन हो, त्यसैले सरकारले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकतामा राखेर कानुन, नीतिगत व्यवस्था र बजेटको प्रवन्ध नगरेसम्म धर्ना रोकिँदैन ।'
विमल पौडेल
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…